डान्स वर्कसप शुरु

भैरहवा, २३ साउन । (गौबुस)
इजी डान्स सेन्टर रुपन्देहीको आयोजनामा ५ दिने डान्स वर्कसप भैरहवामा शुरु भएको छ । करिब ५० जना बालबालिका सहभागी रहेको वर्कसपमा भारत मुम्बइका किंग्स युनाइटेडका आदित्य क्षेत्रीले तालिम दिने सेन्टरका सन्चालक सिद्धान्त थापा मगरले बताए । सो अवसरमा डान्स पोज फोटो कन्टेष्ट प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगिताबाट छानिएका प्रतियोगीलाई सोसल मिडियामा हालेर लाइक र शेयर बाट प्रथम र दोश्रो हुनेलाई पुरस्कृत गरिने सन्चालक थापाले बताए । प्रतियोगिता निशुल्क हुनेछ । वर्कसपको अन्तिम दिन साउन २६ गते हिपहप व्याटल राखिएको छ । जसमा रुपन्देही भरीका विवोयरहरु सहभागिता जनाउनेछन । विवोयरमा प्रथम हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको ब्रेकिगं जज वि व्बोय गुण्डा र अल स्टाइल जजमा आदित्य क्षेत्री रहेका छन् । प्रतियोगितामा डान्सपोज फोटोको प्रथम पुरस्कार द लेमन ग्रास रेष्टुरेष्टले र दोश्रो पुरस्कार द काठमाडौ हंग्री आइले सौजन्य गरेको आयोजकले बताएका छन । कार्यक्रमलाई दिप टुर्स एण्ड ट्राभल्स, नेपाल मिल स्टोर्स, हलको सौजन्य पिसनाइट रेष्टुरेन्टले र मिडिया पार्टनर होराइजन प्रोडक्सन रहेको छ । त्यस्तै कार्यक्रमका मुख्य प्रायोजक सुपर मि तयारी चाउचाउ र एम १५० इनर्जी ड्रिङ्क्स रहेको सेन्टरका थापा मगरले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *