आयोजक लिस्नु सेमिफाइनलमा

भैरहवा, १४ साउन । (गौबुस)

लिस्नु युवा क्लब रुपन्देहीको कोटिहवामा जारी १८औं नकआउट फुटबल प्रतियोगिताकोे सेमिफाइनलमा प्रवेश गरेको छ । पशुपति मा.वि.को मैदानमा सोमबार सम्पन्न खेलमा आयोजक लिस्नुले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई शुन्यका विरुद्ध दुई गोेलले पराजित गरेको हो ।

लिस्नुको जितको लागि खेलको पहिलो हाफको २० मिनेटमा बुद्धिमान राईले र दोस्रो हाफको छैटों मिनेटमा निशान्त सुब्बाले १÷१ गोलको योगदान गरेका थिए । लिस्नुका बुद्धिमान राई खेलको म्यान अफ द म्याच घोषित भएका थिए । मंगलबारको दोस्रो क्वाटर फाइनल खेल भैरव फुटबल क्लब, नवलपरासी र पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवलका बीच हुने लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।

साउन २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भारतको मुम्बई स्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही, नवलपरासी, दाङ, स्याङजा र चितवनका गरी १६ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *