बुद्द जयन्ति को अवसरमा मधुमेह परिक्षण

गौतमबुद्ध सन्देश
भैरहवा, वैशाख १८ ।
लायन्स क्लब अफ सिद्धार्थनगरले मधुमेह परिक्षण कार्यक्रमलाई नियमितता दिएको छ । यसै क्रममा बुद्ध जयन्तिको अवसरमा सिद्धार्थनगरको वार्ड नम्बर ८ स्थित जेसिज बोड्रिंग स्कूल हाताभित्र क्लबले ११ औ मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा ११२ जनाको मधुमेह परिक्षण गरेको क्लबले जनाएको छ । सचेतना कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगर प्रमुख हरि अधिकारीले सिद्धार्थनगर लायन्सले थालेको अभियानलाई सिद्धार्थनगर पालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबधता व्यक्त गर्नु भयो । अन्य बक्ताहरु क्लबका पूर्व अध्यक्ष एओजी लायन महेश चन्द्र थापाले अन्तर्राष्ट्रिय लायन्सको अभियानलाई सिद्धार्थनगर लायन्सले अगाडी बढाएको बताउनु भयो । सिद्धार्थनगर लायन्सका सस्थापक सदस्य समाजसेवी नारायण प्रसाद अग्रवालले मधुमेहको रोकथामका लागि योग ध्यानको महत्व बारे प्रकाश पर्नु भएको थियो । सिटि हस्पिटलका अर्जुन पौडेलले मधुमेह र यसको प्रभाव बारे प्रकाश परेका थिए ।
यस अघि क्लबले लुम्बिनी , सियारी गाउ पालिका र पडसरीमा मधुमेह सचेतना कार्यक्रम समेत सम्पन्न गरि सकेको अभियानलाई प्राबिधिक सहयोग सिद्धार्थनगर सिटि हस्पिटल , मुख्य सहयोग एभरोल ,पडसरी र अन्य सहयोग जेसिज स्कूल साथै वार्ड अध्यक्ष राजन जंग राणाले गरेको क्लबका सह सचिब चन्द्र थापाले बताउनु भयो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *