गौरवलाई जापानमा रजत

गौतमबुद्ध सन्देश
भैरहवा, १४ वैशाख । जापानको ओशाका शहरमा सम्पन्न १६ औं वाटा ओपन इन्टरनेशनल तेक्वान्दो प्रतियोगीता–२०१८ मा नेपालको प्रतिनिधित्व गर्दै भैरहवा तेक्वान्दो डोजाङका खेलाडि गौरव वरुणले गेरुगी तर्फ रजत पदक प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै भैरहवाकै खेलाडिहरु कोशिश बहादुर खड्का, पराग दास गोर्खाली तथा दिपेन्द्र बुढाप्रिथीले ५० बर्ष मुनी मास्टर १,२,३ टिम तर्फ को पुम्से विधामा कास्य पदक प्राप्त गर्न सफल भएका छन । भैरहवा डोजाङका खेलाडि विनोद थापा दक्षीण कोरीया सँग र आर्यन पौडेल क्वाटर फाइनलमा पराजित भ एभने टिम प्रशिक्षकमा रुपन्देही जिल्लाका प्रशिक्षक प्रकासमान राजभण्डारी र टिम व्यवस्थापकमा प्रशिक्षक राजकुमार पाण्डे रहेका थिए ।
उक्त प्रतियोगितामा २५ राष्ट्रका ९ सय ८० खेलाडीहरुले विभिन्न विधामा प्रतिष्पर्धा गर्दै छन भने रुपन्देही सहित, नवलपुर, चितवन, काठमाण्डौ, ललितपुरबाट गरी करीब ३१ जना खेलाडीहरु नेपाल तेक्वान्दो संघ, नेपालको प्रतिनिधित्व गरी सहभागी भएका थिए ।

One thought on “गौरवलाई जापानमा रजत

Leave a Reply

Your email address will not be published. Required fields are marked *