लुम्बिनी खुकुरी र शंकरनगर सेमिफाइनलमा

गौतमबुद्ध सन्देश
भैरहवा, ३ चैत । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगितामा शनिबार भएका दुई खेलमा विजयी हुँदै लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र शंकरनगर क्रिकेट क्लब शंकरनगर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्थानीय सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा खुकुरीले एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवालाई १० विकेटले पराजित ग¥यो । जितका लागि ८६ रनको लक्ष्य पाएको खुकुरीले विना विकेटको क्षतिमा ९ ओभरमा ८८ रन बनाउँदै जित निकाल्यो । जसमा अन्तिम थापाले ४८ तथा शंकर रानाले ३८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तिरुपतिले १७.२ ओभरमा अलआउट हुँदै ८५ रनको समान्य योगफल बनाएको थियो । उसका लागि अमित कौशिल्याले ३४ तथा विपिन न्यौपानेले २१ रन बनाए । उसलाई धरासायी पार्ने क्रममा बलिङमा म्यान अफ द म्याच समेत रहेका खुकुरीका साहव आलमले ६ तथा एकलाख अहम्मद, लालबहादुर अधिकारी, दुर्गेश गुप्ता र मानबहादुर थापाले १÷१ विकेट लिए ।

यस्तै दोस्रो खेलमा भने शंकरनगर र शिवशक्ति क्रिकेट क्लब भैरहवाले बराबर स्कोर बनाएपछि रनरेटका आधारमा शंकरनगर सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले ६ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । उसका लागि अमरसिंह रौटेलले नटआउट ८१, सिद्धान्त अधिकारीले २६ तथा प्रथम पराजुलीले १९ रन बनाए । बलिङमा शंकरनगरका धिरज शाहीले ३, तुलबहादुर थापाले, संदीप सुनार र सुदन श्रेष्ठले समान १÷१ विकेट लिए ।

प्रतिउत्तरमा शंकरनगरले ७ विकेटको क्षतिमा १७२ रननै बनायो । जसमा संदीप सुनारले ८७, अजय कौशिल्याले २२ तथा देव खनाल र दिपचन शर्माले समान २०÷२० रन बनाए । बलिङमा शिवशक्तिका अमरसिंह रौटेल र हरजित सिंहले २÷२ तथा विष्णु कटरियाले १ विकेट लिए । अमर सिंह रौटेल म्यान अफ द म्याच घोषित भए ।

आइतबार वेष्टर्न क्रिकेट क्लब बुटवल र साई ग्लोबल क्रिकेट क्लब भैहरवा तथा बुम एमसिसी क्रिकेट क्लब भैरहवा र देवदह क्रिकेट युनिट देवदहबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी म्यान अफ दि सिरिजले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सह–प्रायोजन गरेका छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गते सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *