भैरहवामा वृहत सांस्कृतिक कार्यक्रम हुने

गौतमबुद्ध सन्देश
भैरहवा, ३ चैत । लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

निःशुल्क आँखा शिविर सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक एवं क्लबका तृतीय उपाध्यक्ष असिम सैंजुले बताए । यही चैत ९ गते शुक्रबार भैरहवा स्थित होटल पौवामा साँझ ५ बजे देखि हुने कार्यक्रममा नेपाली चलचित्र छक्का पञ्जा लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी चर्चित अभिनेत्री नम्रता सापकोटा, गायक अप्सर अली, आरपी डान्स गु्रप काठमाडौं सहित स्थानीय कलाकारको पनि प्रस्तुती रहने सैंजुले जानकारी दिए ।

कार्यक्रमलाई जे.के. वाइट सिमेन्ट, होटल बोधी रेडसन बसन्तपुर र यती बु्रअरी इण्डष्ट्रिजले प्रायोजन गर्ने आयोजकले जनाएका छन । साथै कार्यक्रममा विभिन्न संघ–संस्थाको पनि सहयोग रहने क्लबले जानकारी दिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर युथले मधुमेह जनचेतना शिविर, ट्राफिक जनचेतना कार्यक्रम, छात्रवृति वितरण, पिस म्याराथन, बाढीपीडितलाई सहयोग, अपांगलाई व्हील चेयर हस्तान्तरण लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको क्लबका अध्यक्ष धिरज कुमार मल्लिकले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *