कहाँ पुग्यो महिला अधिकार ?

कृष्ण रणपाल

आज मार्च ८, १०८ औँ अन्तराष्ट्रिय नारी दिवस देसभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी भन्ने धारणाका साथ प्रत्येक बर्ष बिश्वभर नारी दिवस मनाउन लागिएको हो । अन्तराष्ट्रिय नारी दिवस के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ?यो कसरी विश्वभर मनाउन लागिएको हो भन्ने कुरा कौतुहल्ताको विषय बनेको छ । महिला मुक्तीको लागि नारीहरले गरेको संघषर््को सम्झनामा हरेक बर्ष मार्च ८ अर्थात पागुन २५ गते अन्तराष्«िय श्रमिक नारी दिवस मनाउदै आईरहेका छन । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो । सन् १९०९ मा पहिलो पटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाहरुको आफुमाथि श्रम शोषण दमन र अत्याचार भएको महसुस गरे । उनिहरुले काम गर्ने समय बढी भएको र यो अन्याय सहन नसकि सडक आन्दोलन सुरु गरे । त्यसैको २ बर्षपछि सन्१९११ मा अन्तराष्ट्रिय समाजवादी समुहले महिलाहरुको अधिकार र आन्दोलनको सर्मथन गरे ,जसमा १७ देशका १०० जना महिलाहरुको सहभागिता रहेको थियो । त्यसैगरी सन् १९११ मा पहिलो पटक अष्टे«लिया,जर्मनी,स्वीजरल्याण्ड,जस्ता देशहरुमा भव्य रुपमा मनाउन लागिएको हो । वास्तवमा नारी दिवस कसका लागि मनाउने ?किन मनाउने?नारी दिवसको महत्व तथा आवश्यकता किन छ ? भन्ने विषयहरुको बारेमा केन्द्रीत रहेर चर्चा परिचर्चा गरिनेछ । आधा आकाश ढाकेका नारी जातीहरुका लागि नारी दिवस अत्यन्त महत्वपुर्ण दिन हो । नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक,आर्थिक,शैक्षिक राजनितिक,दृष्टिकोणले सबै तहमा नारीको बाहुलयतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले इट््टा थप्ने काम गर्दछ । अन्याय, अत्याचारमा फसेका शोषण र दमनमा परेका महिला मुक्तीका लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस नेपालमा विं.सं.१९७५ देखी मनाउन थालिएको हो । तर पछिल्लो समय नेपालका धेरै महिलाहरु सार्वजनिक क्षेत्रमा प्रवेशसंगै रोजगारीको अधिकार सुनिश्चीत हुनुपर्ने,मताधिकारको व्यवस्था हुनुपर्ने जस्ता विषयहरुमा केन्द्रित हुन थालेका छन र बहसहरु पनि दिन दिनै चलिरहेका छन । नेपालको सन्दर्भमा नारीहरुको जनसंख्याको तथ्याक हेर्ने हो भने ५१.५ प्रतिशत महिला छन भने ४८.५ प्रतिशत पुरुष रहेका छन । यहानेर पुरुषभन्दा नारीको संख्या ८ लाखले बढी छ । बिदेशीयका युवाहरुको अवस्थामा त झनै बढी महिलाहरुको संख्या बढ्न जान्छ । तर पनि महिलाहरु पछि परिरहेको अवस्था छ । यसो हुनु कतै पुरुषहरुको सहभागिता नबढेको हो कि भन्न सकिने अवस्था छ । त्यसैले महिलाहरुलाई अब मानसिक रुपमा नै नेतृत्वतिर लैजानु आवश्यक छ । हुनत नेपालको संविधान २०७२ ले पनि महिला हक अधिकारको कुरालाई जोडतोडका साथ सुनिश्चित गरेको छ । प्रस्तुत संविधानको धारा १८ मा समानता हक अन्र्तगतको व्यवस्थामा कानुनको नजरमा सबै समान हुनेछन र कसैलाइ पनि जात जाती धर्म वर्ण लिंग बैवाहिक स्थितिको आधारमा भेदभाव गरिने छैन भन्ने प्रावधान र धारा ३८ मा महिलाको हक अन्र्तगतको प्रत्येक महिलालाई समान वंशिय अधिकार हुनेछ भन्ने प्रावधानलाईसमेत आत्म सात गर्दै विधायीकाले नागरिकता सम्बन्धि ऐन र नियम निमार्ण गर्दा पुर्णरुपमा नागरिकतामा बंशिय अधिकार प्रदान गर्नु पर्दछ । तर आज संविधानमा महिला अधिकारलाई समावेश गरेतापनि निति एकातिर काम अर्कोतिर चलिरहेको छ । बास्तवक रुपमा व्यबहारमा लागु हुन सकेको अवस्था छैन । अझै भनौ,संविधानमा महिलाको शुरक्षित मातृत्वर र प्रजनन स्वास्थ्य सम्बन्धि हक हुने, महिला विरुद्ध धार्मिक, सामाजिक,सास्कृतिक र परम्परागत आधारमा शारिरीक वा मानसिक रुपमा यौनजन्य बैधानिक रुपमा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाउने र गरेमा कारबाही र दण्ड तथा पिडितलाई क्षतिपुर्ति दिने व्यबस्था संविधानमा उल्लेख गरेको छ । तर महिलाहरुले यो सम्बन्धि अधिकारको पुर्ण कायान्वयनको चरणमा पुग्न सकिरहेका छैनन् । यो भनिरहदा सम्म देश तथा विदेशमा कैयौ महिलाहरु घरेलु हिंसाको शिकार भइरहेका छन, । दमन र शोषण अनि बेचबिखनका रुपमा देशका कुना काप्चाहरुमा अबैधरुपमा बस्न बाध्य छन । महिलाका हक अधिकारका लागि कति संघ संस्थाहरु दिनरात नभनि खटिरहेको छ । तर पनि महिला अधिकारका कुराहरु केही मात्रामा सहज भएतापनि मुख्य जालो अझै हट्न सकेको छैन । जसले गर्दा अधिकाशं महिलाहरु आफ्नो जीवनलाई त्यति अगाडि बढाउन सकेका छैनन् । महिलाहरु राज्यका मुख्य तहमा नपुगेका पनि हाईन तर महिला मैत्री बाताबरणको र चेतना कतिपय देशमा पुग्न नसक्दा आज महिलाको प्रगतीपथमा पुर्णविराम लागेको छ । चाहे त्यो राजनितिक, सामाजिक क्रियाकलाप,निजामति सेवा,प्रहरी सेना सबै तहमा महिलाको उपस्थिति पुरुषको तुलनामा अत्यन्तै कम छ । नेपालमा महिलाको साक्षरता ७७.४ प्रतिशत छ । तर व्यवस्थापिका संसदमा लगभग २९ प्रतिशत महिला प्रतिनिधिहरु छन । पहिलो संविधान सभामा ३३ प्रतिशत भएको महिला प्रतिनिधि दोस्रो संविधान सभामा घटेर २९ प्रतिशत बनेको छ । स्थानिय तहको निर्वाचनमा समेत १९.३३ प्रतिशत महिला जनप्रतिनिधिहरु थिए । जसले महिलाको सहभागितालाई पछाडि परेको देखिन्छ । नारी वास्तवमा यो धर्तीको शृष्टीकर्ता र सन्तानहरुको जन्मदाता हुन । एक त यिनीहरु आफैमा सुन्दरता पनि हुन । नारीको सहयोग र सहकार्य यदि हरेक पुरुषहरुले नगर्ने हो भने नुन विनाको तरकारी खाए जस्तो हुन्छ । त्यसैले त भनिन्छ, नारी र पुरुष एक रथका दुई पाग्रा । नारीले हरेक घरको चुलो चौको देखी लिएर जागीरको क्षेत्रमा समेत काम गर्न समय दिएका हुन्छन । त्यसैले त आज हरेक पुरुषहरुले आफुलाई कुनै संस्थामा काम गर्ने ठाउँको भलाद्मी सम्झेका हुन्छन । ताकी पुरुषले जुनसुकै कार्यक्रममा पनि जान सकेका हुन्छन् । त्यसैले घर समाज र राष्ट्रको र देशमा महिला नै अगाडि बढेर लाग्न सकेमा महिला सशक्तीकरण र उन्नतीपथमा लाग्न मद्दत पुराउदछ । महिलाहरु एकजुट भएर आफ्ना हक अधिकारलाई बुलन्द गर्ने,प्रचार प्रसार गर्ने मुख्य दिन भएको हुदा पनि नारी दिवसको महत्व छ ।

अन्त्यमा नारी अधिकार पहिलाको बर्षहरुको तुलनामा भन्दा अहिले आउदा नारी हक अधिकारमा धेरै परिर्वतनहरु आएको छ । नारीहरुको यो महत्वपुर्ण दिनमा नारी अधिकारका कुरा गर्ने र केवल कागजमा लेखेर मात्र यो सिमित हुदैन । यिनीहरको उत्थानको कुरा गर्ने हो भने अब महिलाको आत्म सम्मानको रक्षा पुरुषबाट हुन जरुरी छ । महिलाहरुको कार्यको उचित मुल्यांकन गर्दै उनीहरुलाई निर्णायक बनाउने दिशामा काम गर्न नितान्त आवश्यक छ ताकी नारीहरुले आफ्नो अस्तीत्वको सम्मान गर्न सकुन । नारीको निर्णायक उपस्थिती,सहभागिता र नेतृत्वविना विकास अनि समृद्धी संभव छैन । अब हरेक महिलालाई अघि बढाउन सबै पुरुषहरुले जिम्बेवारी वहन गर्नुपर्छ । कतिपय संकिर्ण मानसीकताबाट आएका पुरुषहरुले महिलाहरुलाई अवसर र अधिकार दिदा आफ्नो अधिकार गुम्छ कि भन्ने साघुरो सोच बनाएका हुन्छन तर यो सोतबाट पुरुष माथि उठ्न जरुरी छ । अब हरेक नारीका महिलामैत्री गोष्ठी, सेमिनार र समारोहमा पुरुष पनि संगै सहभागिता हुनुपर्छ । तबमात्र नारीका हक अधिकार सुनिश्चित हुन्छन् । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *