ओम डेभलपमेन्ट बैंकको शाखा भैरहवामा

गौतमबुद्ध सन्देश
भैरहवा, १५ फागुन । ओम डेभलपमेन्ट बैंक लि.ले मंगलबार भैरहवा शाखाको उद्घाटन गरेको छ । भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै शाखाको नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोक कुमार पौडेलले उदघाटन गरे ।

बैंकले माघ मसान्त सम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ । त्यस्तै शाखा संख्या ५२, कर्मचारी संख्या ३ सय ९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको बैंकले जनाएको छ । बैंकले ग्राहकहरुलाई निःशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आइराखेको छ ।

बैंकले शेयरधनीहरुलाई १७.६९ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भईसकेको छ भने फागुन २५ गते पोखरामा हुने वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि वितरण हुनेछ ।

हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गर्नको लागी सम्झौता गरी कर्जा लगानी गरिरहेको बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *