लुम्बिनी इन्फ्ल्र्डिसद्धारा छात्रवृत्ति प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, ३० पुस । लुम्बिनी इन्फ्ल्र्डिस मोटरसाइकल ग्रुप सिद्धार्थनगर, रुपन्देहीले लुम्बिनी रोडमा अवस्थित सिद्धार्थ बालगृहमा रहेका बालबालिकालाई सहयोग गरेको छ । ग्रुपले बालगृहमा रही हाल काशी नोबेल एकेडमीमा कक्षा ११ मा अध्ययनरत नितेश नेपालीलाई कक्षा १२ मा अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

नितेश नेपाली जेहेन्दार विद्यार्थी भए पनि आर्थिक अभावका कारण उनको पठनपाठनमा समस्या आएको थाहा पाए पछि ग्रुपले सहयोग गरेको अध्यक्ष आनन्द थापाले बताए । गत डिसम्बेर २२ र २३ तारिख क्लबले आयोजना गरेको दोस्रो इन्फ्ल्र्डिस नाइटबाट संकलित रकमको अशंबाट छात्रवृत्ति प्रदान गरिएको थापाले जानकारी दिए ।

२०७२ सालमा स्थापित  ग्रुपले प्रत्येक वर्ष इन्फ्ल्र्डिस नाइट आयोजना गर्दै आएको र उक्त कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिदै आएको क्लबका वरिष्ठ सल्लाहकार सन्तोष यादवले बताए ।ग्रुपमा हाल २२ जना सदस्य रहेको यादवले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ बाल गृहकी सञ्चालिका कृष्णमाया गुरुङले बालगृहमा हाल २८ जना बालबालिका रहेको र बालगृहको व्यवस्थापकीय खर्च दाताहरुबाट प्राप्त सहयोगबाट नै चलेको बताइन । उनले लुम्बिनी इन्फ्ल्र्डिस मोटरसाइकल ग्रुपले गरेको सहयोगको प्रशंसा गरिन । कार्यक्रममा बालगृहमा रहेका बालबालिकालाई सामुहिक भोजन समेत गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *