खुल्ला मिनी म्याराथुनको उपाधी रफिकलाइ

गौतमबुद्ध सन्देश
भैरहवा, २७ पुस ।
राष्ट्रिय एकता दिवस तथा २९६औं पृथ्वी जयन्तीको अवसरमा लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले “खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता” सम्पन्न गरेको छ । क्लवका अध्यक्ष सुशील गुरुङ्गको अध्यक्षता तथा शसस्त्र प्रहरीबल सीमा सुरक्षा बल, रुपन्देहीका प्रमुख, शसस्त्र प्रहरी उपरिक्षक आनन्द नेम्बाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा १६ मिनेट ३ सेकेण्डमा दौड पुरा गरी भैरहवा नमुना उच्च मा.वि.का विद्यार्थी मोहम्मद रफिक प्रथम भएका छन् । त्यस्तै १७ मिनेटमा दौड पुरा गरी नेपाल प्रहरीका रमेश थारु द्वितीय, १७ मिनेट १५ सेकेण्डमा दौड पुरा गरी नेपाल प्रहरीका बल बहादुर पुन तृतीय र २१ मिनेटमा दौड पुरा गरी नेपाल प्रहरीका शोभा कुमारी वि.क.ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । क्लबले प्रथम स्थान हासिल गर्नेलाई नगद रु.१० हजार, द्वितीयलाई ५ हजार, तृतीयलाइ ३ हजार र सान्त्वनालाई २ हजारका साथमा प्रशंसा पत्र, मेडल, डायरी र ज्याकेट प्रदान गरेको थियो । खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता मायादेवि चौक (गौतम बुद्ध विमान स्थल) बाट शुरु भई लुम्बिनी रोड, बुद्ध चोक, नारायणथान रोड, विद्रोही चौक, मिलन चौक हुदै जेसीज सचिवालयमा आएर करिब ७ कि.मी. को दुरी पार गरी समापन भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा लायन्स ३२५बी२ का एओजी तथा संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठ, सिद्धार्थ जेसिजका अध्यक्ष सुमन शर्मा, समाजसेवी नारायण प्रसाद अग्रवाल, क्लबका निवर्तमान अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, भुपु अध्यक्ष रामचन्द्र उपाध्याय, दर्शन घिमिरे, दिपक श्रेष्ठ लगायतले आधुनिक नेपालको निर्माण, अखण्डता, एकता कायम राख्नमा पृथ्वी नारायण शाहको भुमिका, योगदान तथा स्वास्थ्यका लागि म्याराथुन दौडको महत्व बारे आप्mनो धारणा राखेका थिए । कार्यक्रम संयोजक रिषिराम पाण्डेको स्वागत, राकेश गुरुङ्गकोे ध्वजा अभिवादन तथा संस्थाका द्वितीय उपाध्यक्ष संगम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *