इण्डो–नेपाल करांतेमा ७ पदक प्राप्त

गौतमबुद्ध सन्देश

भैरहवा, १४ पुस । डिसेम्बर २१ देखि २६ तारिख सम्म भारतको कोलकत्तामा सम्पन्न इण्डो–नेपाल अन्तर्राष्ट्रिय करांते प्रतियोगिता–२०१७ रुपन्देहीबाट सहभागी भएका खेलाडीहरुले ७ वटा पदक प्राप्त गर्न सफल भएका छन । उनीहरुले ५ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरी नेपालको गरिमा उच्च राख्न सफल भएका हुन ।

प्रतियोगितामा रुपन्देहीबाट खेलाडीहरु लक्ष्मी मल्ल ठकुरी, नितेश जानन्धर, मनोहर चौहान, सन्तोष साउद र विशाल वि.क. सहभागी भएका थिए । उनीहरु दुई चरणमा प्रतियोगितामा सहभागी भई ७ वटा पदक जित्न सफल भएको करांतेका मुख्य प्रशिक्षक करुणानिधि त्रिपाठीले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *