कमरेडले अाफुले खाँदै गरेको जुठो भात मेरो थालमा राखिदिए”

शोभा कान्त नेपाल
प्रसँग पँचायत छदैकाे हाे,म जिल्ला प्रशासन कार्यालय नवलपरासीमा काम गर्थे,कर्मचारी भएपनि मेरो बसाइ बिध्यार्थिकाे जस्तै साधारण एउटामात्र काेठामा दुईवटा खाटमा सिम्पल बिस्तरा,छेउमा स्टाेभ,पकाउने,खाने भाँडाकुँडा अादि थिए।समयसमयमा नेकपा मालेका भुमिगत कार्यकर्ता अाईरहन्थे।
उनिहरूलाई साँझ/बिहानकाे खाना पकाएर खानदिने,बजारका कुनै मानिस वा कुनै कर्मचारी भेट्न खाेजे भेट गराईदिने,जानेबेलामा उनलाई कुनै कुराकाे वा बाटाखर्च अभाव भए उपलब्ध गराईदिने गर्नुपर्थ्याे,म प्रशासनमा काम गर्ने हुनाले पनि सँकाउपसँका अादि हुदैन थियो,मेरा भिनाजु,दाजु अादि नाताे बताउने गर्दथेँ।
उनिहरू अाउनेदिन प्राय सुत्न पाँईदैनथ्याे,प्रशिक्षण अादि भनेर।एकदिन बिहानकाे खाना पकाएर दुबै थालमा भाग लगाई,पकाएको भाँडा माझेर खान बसियाे,खाना खाँदै गर्दा कमरेडले त अाफ्नाे खाँदै गरेको थालबाट जुठो भात “कमरेड म त तुर्ने भईन” भन्दै मेरो थालमा राखिदिई सके।मैले मेराे थालमा राखीसकेपछि मात्र देखे,अगाडि राख्न लागेको देखिन,रिस त उठ्यो तर के गर्ने,नकराई खाँए भाे।अन्य धेरै कुरा/प्रसँग बिर्सिए पनि त्यो कुरा सम्झिरहेकाे छु।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *