भीम अस्पतालमा निःशुल्क स्वास्थ्य सामग्री बाँड्दै अनेरास्ववियु र युवा संघ

गौतमबुद्ध सन्देश
भैरहवा, २७ जेठ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचाररत बिरामी कुरुवाहरुलाई निःशुल्क मास्क, सेनिटाइजर र पानी वितरण गर्ने उद्देश्यले बुधबार हेल्प डेस्कको स्थापना गरिएको अनेरास्ववियु क्षेत्र नम्बर ३ का संयोजक सरोज ठकुरीले बताए ।

बुधबार पहिलो दिन १ सय जनालाई मास्क, सेनिटाइजर र पानी वितरण गरिएको कार्यक्रम संयोजक तथा अनेरास्ववियुका केन्द्रीय सदस्य भीम भण्डारीले जानकारी दिए ।

यस अघि अनेरास्ववियु रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले संयुक्त रुपमा सोमबार भैरहवामा रक्तदान कार्यक्रम गरेको नेकपा एमालेका युवा नेता वाई.पी. आचार्य ‘सुशान्त’ले बताए ।

आगामी दिनमा पनि विभिन्न रचनात्मक कार्यहरुलाई अगाडी बढाउने अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य सागर न्यौपानेले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *