होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीद्वारा निःशुल्क खाना तथा पानी वितरण

गौतमबुद्ध सन्देश
भैरहवा, जेठ २५ ।

कोरोना कहरका कारण देश नै आक्रान्त बनिरहेको अवस्थामा बिरामी र बिरामीका आफन्तहरु अझ समस्यामा पर्ने गरेका छन् । खाना र पानीको समस्यालाई मध्यनजर गर्दै होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीले भैरहवामा निःशुल्क खाना तथा पानी वितरणलाई तिब्रता दिएको छ ।
संगठनको आयोजना र भैरहवाका होटल ब्यवसायीको सहयोगमा भैरहवा स्थीत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्स (युसिएमएस) मा उपचाररत बिरामी र बिरामीका आफन्तहरूलाइ निःशुल्क खाना र पानी बितरण गरिएको छ ।
हिजो (सोमबार) देखी सुरु भएको यो अभियानमा हालसम्म ४ सय बढीले सेवा लिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश बेल्वासेले जानकारी दिए । उनका अनुसार भोली (बुधवार) युसिएमएस सँगै भैरहवाको शान्तिनगरमा अवस्थित सत्य साई बृद्धा आश्रममा खाना तथा पानी वितरण गरिने र यो अभियान निशेधाज्ञा अवधिभर भैरहवाका विभिन्न ठाउँमा सञ्चालन गरिने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *