गुल्मीमा वडाअध्यक्षद्वारा स्वास्थ्य चौकी भवन बनाउन निःशुल्क जग्गा प्रदान

अनिल खत्री
गुल्मी, २४ जेठ ।
गुल्मीमा एक जना वडाअध्यक्ष आफनो जग्गा स्वास्थ्य चौकी भवन बनाउन प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ का वडाअध्यक्ष तेजकान्त अर्यालले हर्दिनेटा स्वास्थ्य चौकीको भवन निर्माण गर्न आफ्नो जग्गा निम्ति निःशुल्क रुपमा प्रदान गरेका हुन् ।

वडाअध्यक्ष अर्यालले आफनो नाममा भएको साढे ३ रोपनी जग्गा हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवनको लागी निःशुल्क प्रदान गरेको वडाअध्यक्ष तेजकान्त अर्यालले बताए । हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवन बनाउनको निम्ति जग्गा सम्माउने लगायतका कामहरु भइरहेको छ ।

नयाँ भवन बन्नको निम्ति अर्थ मन्त्रालयमा बजेट माग गरिएको अर्यालले बताए । वडावासी नागरिक नजिकैबाट स्वास्थ्य सेवा लिन सकुन भन्ने उदेश्यले स्वास्थ्य चौकीको भवन बनाउन निःशुल्क जग्गा उपलब्ध गराएको बताए । निःशुल्क रुपमा प्रदान गरिएको जग्गा स्वास्थ्य चौकीको नाममा नामसारी समेत भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *