रुपन्देहीमा संक्रमित र मृत्यु हुनेको ग्राफ निरन्तर ओरालो, निको हुने दैनिक बढ्दै

८ जेष्ठ बुटवल । रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्याको ग्राफ निरन्तर ओरालो लागेको छ भने निको हुनेको संख्यामा बढेको छ ।जिल्लामा पछिल्लोे २४ घण्टाको अवधिमा ६४० जनाको कोरोना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको छ । यो परीक्षणको करिब २६ प्रतिशत हो ।
जिल्लामा केही समय अघि परीक्षणको ५० प्रतिशत भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा२४ जना, सैनामैना नगरपालिकामा ३१ जना, देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ८४५ पुगेको छ । जसमध्ये १९ हजार २६६ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ५३१ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार १९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *