जेसीआई सिद्धार्थद्वारा निःशुल्क खाना वितरण

भैरहवा, ७ जेठ ।
जेसीआई सिद्धार्थ, नेपालले बिहीबारदेखि भैरहवामा विरामीहरुको लागि निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल)मा तथा सिद्धार्थ बसपार्कस्थित सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेशन सेन्टरमा उपचाररत विरामी तथा विरामी कुरुवाहरुलाई लक्षित गर्दै खाना वितरण सुरु गरिएको जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल मन्त्रलाई अंगिकार खाना वितरण कार्य सुरु गरिएको ज्ञवालीले जानकारी दिए । बिहीबार पहिलो दिन सांझ युसीएमएसमा करिब १३० जनालाई खाना वितरण गरिएको कार्यक्रम संयोजक कमल जि.सी.ले जानकारी दिए । त्यस्तै भैरहवास्थित बसपार्कमा रहेको आइसोलेशन सेन्टरमा २५ जनालाई खाना वितरण गरिएको उनले जानकारी दिए । खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

कार्यक्रममा जेसीआई सिद्वार्थका पूर्व अध्यक्ष दिपेन्द्र मान श्रेष्ठ, सुशील गुरुङ, संगम न्यौपाने, सुमन शर्मा, नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई सिद्धार्थका कानूनी सल्लाहकार राकेश गुरुङ लगायतको उपस्थिति रहेको थियो । संस्थाले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने जेसीआई सिद्धार्थ वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *