संकटमा परेको अस्पतालमा सहयोग जुट्दै

नारद कोहार
कपिलवस्तु, २९ वैशाख ।
संकटमा परेको अस्पतालमा सहयोग जुटदै गएको छ । यसै क्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुको पहलमा कपिलवस्तुको विजयनगर गाउँपालिकाले जिल्ला अस्पताल तौलिहवालाई रु ५ लाख प्रदान गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा उपचारको समस्या आएको विषयमा अवगत गराएपछि गाउँपालिकाले अस्पताललाई उक्त सहयोग गरेका हो ।

सहयोगका लागि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले समेत गाउँपालिका अध्यक्ष गोपाल थापालाई आग्रह गरेका थिए । सो रकम बरामबरको चेक गाउँपालिका अध्यक्ष थापाले अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लालाई हस्तान्तरण गरेका थिए ।

कोरोना संक्रमितको सख्या बढेपछि अस्पतालमा उपचारको समस्या आए पछि अस्पताललाई सो सहयोग गरेको उनले बताए । जिल्ला अस्पतालको विकास तथा कोभिड–१९ का बिरामीका लागि राहत होस् भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको उनले बताए । कोभिड संक्रमित बढ्दै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको व्यवस्थापनका लागि रकम प्रदान गरिएको उनले बताए ।

कोभिडले आक्रान्त भएको समयमा पालिकाले ५ लाख रकम दिनु आफैमा उदाहरणीय भएको नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताए । अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले संटकमा परको अस्पताललाई सहयोग गरेकोमा धन्यवाद दिदै अस्पताललाई थप सहयोग गर्न सबैमा अपील गरे ।

महाराजगंज नगरपालिकाले ५ लाख, मायादेवी गाउँपालिकाले २ लाख, युवा समाजसेवी गोपीकृष्ण शर्माले अक्सिजन सिलिण्डर खरीद गर्न चलाएको अभियानमा साढे ७ लाख बढी रकम संकलन गरी सकेका छन । त्यस्तै युवा नेता प्रकाश घिमिरे समेत सहयोग अभियानमा जुटेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *