थाई बिहार लुम्बिनीले भीम अस्पताललाई दियो स्वास्थ्य सामग्री

भैरहवा, २९ वैशाख ।
राजकीय थाई बिहार लुम्बिनीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बिहारले अस्पताललाई मास्क २५ प्याकेट, पीपीई ४० सेट, सेनिटाइजर १५ लिटर, ग्लोब्स २ प्याकेट र पानी ५० काटुन उपलब्ध गराएको हो । कोरोना महामारीमा दिनरात अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको राजकीय थाई बिहार लुम्बिनीका प्रमुख भिक्षु सुवोधले बताए । भिक्षु सुवोधले अस्पतालकी आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

लुम्बिनी स्वर्ण फाउण्डेशनको सहयोगमा भएको उक्त सामग्री हस्तान्तरण कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कोषाध्यक्ष गोविन्द ज्ञवाली, संघका कार्यसमिति सदस्य गोपाल भण्डारी, कानून व्यवसायी तथा समाजसेवी प्रख्यात बन्जाडेको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *