संकटमा परेको अस्पतालमा जुटदै सहयोग

नारद कोहार

कपिलवस्तु २८ बैशाख

संकटमा परेको अस्पतालमा सहयोग जुटदै गएका छ । यसैक्रमा पत्रकार महासंघ कपिलवस्तुको पहलमा कपिलवस्तुको बिजयनगर गाउपालिकाले जिल्ला अस्पताल तौलिहवालाई रु ५ लाख प्रदान गरेको छ । कोरोना संक्रमितको संख्या बढे पछि अस्पतालमा उपचारको समस्या आएको बिषयमा अवगत गराए पछि बिजयनगर गाउपालिकाले अस्पताललाई सो सहयोग गरेका हो । सहयोगकालागि प्रजिअ चक्रपाण्ी पाण्डेयले समेत गाउपालिका प्रमुख गोपाल थापालाई आग्रह गरेका थिए । सो रकम बरामबरको चेक गाउपालिका अध्यक्ष थापाले अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लालाई हस्तान्तरण गरेका थिए । कोरोना संक्रमितको सख्या बढे पछि अस्पतालमा उपचारको समस्या आए पछि अस्पताललाई सो सहयोग गरेको उनले बताए । जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामिका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको उनले बताए । कोभिड संक्रमित बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको उनले बताए । कोभिड अक्रान्त भएको समयमा पालिकाले ५ लाख रकम दिनु आफैमा उदाहरणिय भएको नेपाल पत्रकार महासघंका अध्यक्ष किरणमान बज्राचार्यले बताए । अस्पतालका ब्यवस्थापक रत्नकर शुक्लाले संटकमा परको अस्पताललाई सहयोग गरेकोमा धन्यबाद दिदै अस्पताललाई थप सहयोग गर्न सबैमा अपील गरे । महाराजगंज नगरपालिकाले ५ लाख, मायादेबी गाउपालिकाले २ लाख युवा समाजसेबी गोपीकृष्ण शर्मालृ अक्सिजन सिलिन्डर किन्न चलाएको अभियानमा साढे ७ लाख बढी रकम संकलन गरी सकेका छन । यस्तै युवा नेता प्रकाश घिमिरे समेत सहयोग अभियानमा जुटेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *