सञ्चारकर्मी हुकुम थापाको ‘ज्यान जाला’ बजारमा

अनिल खत्री
गुल्मी, २५ वैशाख ।
नव प्रतिभा सञ्चारकर्मी हुकुम थापाको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको छ । गुल्मीका रेडियो टिभीहरुमा कार्यक्रम सञ्चालन गर्ने हुकुम थापाको पहिलो लोक दोहोरी गीत ‘ज्यान जाला’ सार्वजनिक भएको हो ।

माया प्रेममा आधारित गीतमा नेत्र अर्यालको लय शब्द रहेको छ । सञ्चारकर्मी थापा र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतको महेन्द्र भण्डारीको संगित संयोजन रहेको छ ।

प्रेमी–प्रेमिकाको एक अर्काप्रतिको समर्पण भाव प्रस्तुत गरिएको गीतको भिडियोको स्मृति तिमिल्सिनाले निर्देशन, सुरेश श्रेष्ठले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन् । लोमश शर्मा, आयुष्मा कार्की र अर्जुन कुँवरको अभिनय रहेको यो भिडियो नयाँ पाइला डट कमले युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । गीतले धेरै दर्शक श्रोताको मन जित्ने उनले विश्वास व्यक्त गरे ।
गीतको पुरा भिडियो हेर्नुहोस् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *