शिक्षाका साथै कोभिड पैmलाउँदै छन् विद्यालयहरु ?

–नारायण प्रसाद कोइराला
३१ डिसेम्बर २०१९ मा चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको एक नयाँ प्रकारको रोगलाई कोभिड–१९ अर्थात कोरोना भाइरसको रुपमा व्याख्या गरियो । सुरुमा सामान्य प्रकारको रुघा–खोकी, ज्वरो र टाउको दुख्ने जस्तो लक्षण देखिने यो भाइरस स्वासप्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने देखियो । रोगले विस्तारै मानिसको फोक्सोसम्म असर गरी मृत्यूसम्म गराउने अवस्था सृजना भयो भने, सुखा पतझड जंगलमा आगो पैmलिएझैं विश्वको हरेक देशमा यसले आफ्नो प्रभाव समेत प¥यो र पारिरहेको पनि छ । न कुनै औषधि न कुनै भ्याक्सीन यो रोग युरोप, अमेरिका हुँदै नेपालसम्म आउन पनि त्यति धेरै समय लागेन । ११ मार्च २०२० मा आएर यो रोगलाई विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेसंगै अधिकाशं मुलुकमा लकडाउन हुन थाल्यो । मानिसहरु घर बाहिर निस्कन डराउन थाले । कार्यालय, कलकारखाना, बजार, विद्यालय, यातायात आदि सबै क्षेत्रहरु बन्द भए जसका कारण विश्वको अर्थतन्त्र नै डामाडोल भयो । जसको असर नेपालमा देखिनु स्वभाविक नै भयो । सुरु सुरुमा विश्व अर्थतन्त्रका महारथीहरु एकले अर्कोलाई दोषारोपण गर्दै यसलाई मानवनिर्मित समेत भन्न पछि परेनन् । कसैले अमेरिकाको राष्ट्रपतिय निर्वाचन पश्चात यो समाप्त हुन्छ भन्थे त कतिले चीनको आर्थिक चलखेल हो समेत भन्न भ्याए । तर ती सवै मिथ्या सावित हुँदै रोगले झन् भन्दा झन् संक्रमितको संख्या बढाउँदै जानुका साथै मृत्यूदर पनि उतिकै मात्रामा बढ्न थाल्यो । नेपालमा सुरु सुरुमा नेपालीहरुको रोगसंग लड्न प्रतिरोधात्मक शक्ति राम्रो छ, बेसार पानी खाए भइहाल्छ जस्ता विभिन्न अडकलबाजी भयो तर त्यसकोविपरीत यसले यहाँ पनि महामारीकै रुपमा आक्रमण सुरु ग¥यो जसका कारण ३ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) ले पुनः आफ्नो दोस्रो लहर वा सेकेन्ड भेरियन्टका साथ विश्व भ्रमण सुरु गरेको अवस्था छ, दोस्रो लहर पहिलो भन्दा अझ बढी खतरनाक सावित हुने विज्ञहरु बताइरहेका छन् । दोस्रो भेरियन्टले झन एक व्यक्तिबाट अर्को व्यक्तिमा जाँदा जिन परिवर्तन गरी झन बढी असर गर्ने खालको रहेको र यसले युवा र बालबालिकाहरुलाई बढी असर गरेको कुरा विभिन्न संचारमाध्यमबाट थाहा पाउन सकिन्छ । विज्ञ र स्वास्थ्य विषेशज्ञहरुबाट पनि यस्ता खालका कुराहरु आउन थालेको छ । अब पुनः लकडाउन हुने हल्लाहरु सुनिन थालेको छ, नेपालका अतिप्रभावित जिल्लाहरुमा शैक्षिक संस्था लगायतका भिडभाड हुने विभिन्न स्थानहरु बन्द गराउन सूचना समेत जारी गरिसकेको छ । केही जिल्ला र नगरपालिकाहरुले विद्यालय बन्दको सूचना समेत प्रकाशित गरिसकेका छन् । बल्ल बल्ल सञ्चालनको प्रयास गरिरहेका विद्यालयहरु र आफ्नो अध्ययन कार्यलाई विस्तारै अघि बढाउन प्रयासरत विद्यार्थीहरु, अहिले पुनः विद्यालयबन्दले ठूलो पीडा दिएको अनुभूति गरिरहेको अवस्था छ । नेपाल सरकारको मिति २०७८ वैशाख ६ गते र विभिन्न जिल्ला प्रशासन कार्यालय र नगरपालिकाहरुको त्यसपछिको निर्णयले कतिपय स्थानहरुमा विद्यालयहरु बन्द भइसकेका छन् । अब केही दिनमा नै एस.ई.ई. र कक्षा १२ को अन्तिम परीक्षा लगायतका परीक्षाहरु सञ्चालनको समय तालिका प्रकाशन भइ सुरु हुने अवस्थामा रहेको बेला विद्यालय बन्द गर्नु उचित होला कि नहोला ? हुन त स्वास्थ्य भन्दा ठूलो अन्य कुरालाई त मानिदैन र पनि बिना विकल्प विद्यालयलाई अचानक बन्द गर्ने निर्णयले धेरै अन्यौलताको सृजना भएको देखिन्छ । वैकल्पिक माध्यम पनि अघिल्लो वर्ष २०७७ असार १ बाट लागु हुने गरी विद्यार्थी सिकाई सहजीकरण तथा सिकाई निर्देशिका २०७७ लागु भयो तर त्यसको प्रभावकारीता अध्ययनभने शुन्य नै देखियो । निर्देशिका लागु भइसके पश्चात पनि विद्यार्थीहरुमा जुन पढाईप्रतिको चाहना र उत्साह हुनुपर्ने थियो सो देखिएन जसले गर्दा वैकल्पिक माध्यमको सिकाइको उपलब्धि त्यति देखिएन । विभिन्न शैक्षिक एप्लिकेशन र युट्युबमा राखिएको भिडियोहरु हेरेको कुरालाई आधार बनाउने हो भने पनि विरलै भिडियोहरु १ हजार बढीले हेरेको पाइयो । जसमा शहरी क्षेत्रका त्यो पनि निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बढी थिए भने ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा त यसको प्रभावकारिता शुन्य सरह नै रह्यो भन्दा पनि फरक पर्दैन । अहिले पुन ः वैकल्पिक शिक्षाको माध्यमबाट अध्ययन गराउनुपर्ने भनी निर्देशिका जारी गरी विद्यालय बन्द गर्दा यसको प्रभावकारीताको अध्ययन नगरेको कुरा प्रष्ट नै छ । यस अगाडीका लकडाउन, विश्वका अन्य राष्ट्रहरुले गरेका अध्ययनको वैकल्पिक माध्यमको प्रयोग र पहुँचलाई आधार बनाउँदा के विद्यालय बन्द गर्नु नै विकल्प हो त ? के विद्यालय बन्द हुँदा कोभिड संक्रमणको जोखिम कम हुने हो त ? कति समयसम्म बन्द गर्नुपर्ने ? बन्द खुलेपछि को विकल्प के ? के विद्यालयहरुले शिक्षा संगसंगै कोभिडलाई बढाउन मद्दत गरेको छ र ? हो संक्रमण विद्यालयमा अध्ययनरत विद्यार्थी, अध्ययापनरत शिक्षक तथा कर्मचारीहरु जसलाई पनि लाग्न सक्छ र उनीहरुमार्पmत परिवारको अन्य सदस्यहरुलाई पनि सर्न सक्ने सम्भावना अवश्य हुन्छ तर के प्रशासनका, नगरपालिका, मालपोतका कर्मचारी, राजस्व, यातायात विभागका कर्मचारी, बैंंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, विभिन्न व्यवसाय गरी बसेका व्यवसायी, पेशाकर्मी यिनीहरुलाई कोरोना लाग्दैन ? उनीहरु मार्फत उनीहरुको घरसम्म कोरोना संक्रमण पुग्दैन ? के यी माथि उल्लेखित क्षेत्रहरुमा सेवा लिने सेवाग्राहीहरु सबै सुरक्षित छन् त ? एउटा किसानले दिनभरी खेतवारीमा काम गर्छ, मिहिनृत गर्छ र आफ्नो उत्पादनलाई बजारसम्म पु¥याएर विक्री गरी फर्कन्छ के उ कोरोना संक्रमणबाट सुरक्षित रहन सक्छ ? यदि उ संक्रमित भएमा के हुन्छ ? उसका परिवार उसका घरका बालबच्चा जसलाई हामी विद्यालयमा संक्रमणको डरले पठाइरहेका छैनौ । उ पनि त्यहाँ संक्रमण हुन सक्छ तर विद्यालयलाई मात्र दोषी देखाएर विद्यार्थीको पढन पाउने अधिकारबाट वञ्चित गर्नु त्यति उपयुक्त नहुन सक्छ । त्यसै पनि अहिलेको हाम्रो शिक्षा नीति व्यवहारिक र व्यवसायिक नभएर खाली उत्र्तीण प्रतिशतमा समिति रहेको अवस्थामा झन शिक्षा क्षेत्रलाई नै व्यवस्थित नगरी संक्रमणको जोखिम देखाउँदै बन्द गर्दा यसले भविष्यमा अरु समस्याहरु आउने कुरातर्फ सम्बन्धित सबै सचेत हुनुपर्ने देखिन्छ ।
अन्त्यमा, कोरोना भाइरसको अन्त्य कहिले हुन्छ या हामी यो संगसंगै हिड्ने पर्ने पनि हुन सक्ने अवस्था देखिन थालेको छ, यसलाई सामान्य रुपमा हेरेर पनि गल्ती कमजोरी गर्नु भएको छैन र यो नै सबै भन्दा भयानक रोग हो भनी सधै भरी डराएर लुकेर वा भागेर मात्र पनि समस्या समाधान हुने देखिदैन । त्यसैले सम्बन्धित निकाय यसतर्फ चनाखो भई उचित निर्णय लिनुपर्ने देखिन्छ । गास, बास र कपास सबैको पहिलो अधिकार भए जस्तै त्यसलाई परिपुर्ति गर्नको लागि शिक्षा र स्वास्थ्य पनि त्यतिकै जरुरी रहेको कुरा हामीले बुझनैपर्ने हुन्छ । विद्यालय, व्यवसाय वा अन्य क्षेत्रहरु बन्द हुनु भनेको राष्ट्रको उन्नतिको लागि एउटा तगारो सावित हुन्छ त्यसैले विद्यालय संक्रमण जोखिम क्षेत्र रहँदा रहँदै पनि यसलाई सुरक्षाका मापदण्डहरु पूर्ण रुपले पालना गरिने गरी पूर्ववत रुपमा नै सञ्चालन गर्नुपर्ने देखिन्छ । हुन सक्छ त्यसलाई सञ्चालन गर्ने क्रममा केही कठिनाइहरु अवश्य आउँछन् तर कठिनाइसंग पराक्रमी बनी डटेर समाधान निकाल्नेतर्फ लाग्नु नै बुद्धिमानी सावित हुन्छ । विद्यार्थीहरुलाई २ वा ३ सिफ्टमा कक्षा सञ्चालन गर्ने, ज्वरो मापन केन्द्र, सेनिटाईजर, मास्कको उचित प्रयोग गर्ने, विद्यालयका कक्षा कोठाहरु, सवारीसाधनहरु नियमित रुपमा सेनिटाईज गर्ने, कक्षाकोठामा र सवारीसाधनमा भौतिक दूरी कायम गर्न र यसलाई कडाइका साथ लागु गर्ने, अभिभावकले पनि आफ्नो कार्यक्षेत्रमा त्यस किसिमका मापदण्ड प्रयोग गर्ने र कुनै प्रकारको समस्याहरु देखिएमा त्यस्ता बच्चालाई विद्यालय नपठाउने र पूर्ण रुपमा स्वास्थ्य मापदण्ड लागु गरेमा विद्यालयल मात्र नभएर सबै क्षेत्रहरु चलायमान हुने देखिन्छ । यस खालको मापदण्डलाई कडाइका साथ लागू गर्नको लागि स्थानीय तह, सुरक्षा संयन्त्रहरुले विशेष र नियमित अनुगमन गर्नुपर्ने हुन्छ भने अनुगमनका क्रममा देखिएका कमजोरीलाई उचित दण्ड र जरिवानाको व्यवस्था समेत गर्ने गरेमा यसबाट धेरै हदसम्म संक्रमण नियन्त्रणमा फाइदा पुग्ने देखिन्छ । तसर्थ बन्द भन्दा पनि सावधानीपूर्वक नियमित कार्य सञ्चालन गर्नु नै बुद्धिमत्तापूर्ण देखिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *