पर्यटन बोर्डको सञ्चार परामर्शदातामा टी.पी. भुसाल

गौतमबुद्ध सन्देश
काठमाण्डौं, ९ चैत ।
नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रुपमा पत्रकार टी.पी भुसाल नियुक्त भएका छन् । गुल्मीका स्थायी बासिन्दा पत्रकार भुसाल दुई दशकदेखि पत्रकारितामा संलग्न छन् । सुरुमा रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गरेका भुसाल पछिल्लो समय काठमाण्डौमा रहेर पत्रकारिता, प्राध्यापन तथा प्रशिक्षणमा संलग्न रहँदै आएका छन् ।

विभिन्न रेडियो, टेलिभिजन पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मावनशास्त्रमा स्नातकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गरेका छन भने पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत डिल्लीबजार कन्या बहुमुखी क्याम्पस तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका पोलिगन कलेज र सेफर्ड कलेजमा आमसञ्चार तथगा पत्रकारिता, आमसञ्चार तथा पर्यटन, सञ्चार कानून लगायतका विषयहरु अध्यापन गर्दै आएका छन् ।

नेपाली रेडियो नेटवर्कमा कार्यक्रम अर्थसम्वादका उत्पादक तथा प्रस्तोता समेत रहेका भुसालसँग रेडियो मदनपोखरा, बुटवल एफएम, तिनाउ एफएम, रुपन्देही एफएम, सिद्धार्थ एफएम, एभिन्युज टेलिभिजन, नेशनल टेलिभिजन, नयाँ दिशा दैनिक, बुटबल एक्स्प्रेस, गोरखापत्र दैनिक आर्थिक अभियान दैनिक लगायतका सञ्चारमाध्यममा विभिन्न पदमा रहि काम गरेको अनुभव छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सह–सचिव समेत रहेका पत्रकार भुसाल पत्रकारिताको क्षेत्रमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पहिलो गणतन्त्र दिवसमा प्रवल जनसेवा श्री चतुर्थ विभुषित रुपन्देहीका पत्रकार समेत हुन् । भुसालले बोर्डमा सञ्चार पराशर्मदाताको रुपमा रहेर नेपालको पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, कुटनीतिक नियोगहरुसंग समन्वय तथा प्रचारप्रसारको काम गर्नेछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *