एकदिने आधारभूत फोटोग्राफी तालिम सम्पन्न

गौतमबुद्ध सन्देश
भैरहवा, ३ चैत ।
लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीको आयोजनामा भैरहवामा एकदिने आधारभूत फोटोग्राफी तालिम सम्पन्न भएको छ । तालिममा संघका युवा समिति संयोजक त्रिभुवन पाण्डे र लेखा समिति सदस्य कर्ण तिवारीले प्रशिक्षण दिएका थिए । तालिममा ३१ जनाको सहभागिता रहेको लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीका कार्यसमिति सदस्य मनोज क्षेत्रीले बताए ।

त्यस्तै संघले क्षेत्रगत समिति विस्तार गरेको छ । भैरहवामा सम्पन्न भेलाले दिपक पौडेलको अध्यक्षतामा लुम्बिनी, भैरहवा र धकधई क्षेत्रलाई समेटेर क्षेत्रगत समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा बेचेन्द्र यादव, सचिवमा श्याम प्रकाश गुप्ता र कोषाध्यक्षमा सरस्वती क्षेत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा सुस्मिता गुरुङ्ग, कृष्ण मोहन कुर्मी, टेक क्षेत्री, धिरज अग्रहरी, जितेन्द्र कुमार कोहार र सुनिल सहानी रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले फोटोग्राफरहरुको पेशालाई थप मर्यादित बनाउन आफ्नो सहयोग सदैव रहने बताए ।

दिपक पौडेलको अध्यक्षता, गौतम हरिजनको स्वागत तथा लुम्बिनी फोटोग्राफर संघका कार्यसमिति सदस्य मनोज क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अग्रज फोटोग्राफर धनपति न्यौपाने लगायतले बोलेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *