मिस डायमण्ड नेपाल–२०२१ का बिजेताहरुलाई भैरहवामा सम्मान

बिनोद बि.सी.
भैरहवा २९ फाल्गुन ।

एक्लोलाई साहारा दिने वृक्ष समुह रुपन्देहीले मिस डायमण्ड नेपाल–२०२१ का बिजेताहरुलाई भैरहवामा सम्मान गरेको छ ।
तेस्रो लिंगीहरुको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले सहासी कदम नेपालले गत फाल्गुन १५ गते आयोजना गरेको मिस डायमण्ड नेपाल–२०२१ का बिजेताहरुलाई सम्मान गरेकोे होे । तेस्रो लिंगीहरुको प्रतिभाको कदर गर्दै र उनिहरुको आत्मबल बढाउनको लागी उक्त सम्मान कार्यक्रम गरिएको समुहकी संयोजक मनिला न्यौपानेले बताइन् । यस्ता खालका कार्यक्रमले लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गर्नका साथै यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायका (समलिंगी तेस्रोलिंगी )े सदस्यहरुलाई खुलेर आउने वाताबरण सृजना हुने र समाजले यो समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुने उनले जनाइन् ।। ‘सिंगल बट स्ट्रङ्ग’ अर्थात् एकल तर, सशक्त भन्ने मूल नारासहति साहसी कदम नेपालको आयोजना, तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा गुल्मीको प्रतिनिधित्व गरेर १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै मिस डायमण्ड नेपाल–२०२१ को उपाधि सरोज न्यौपानेले जितेकी थिईन । त्यस्तै रिजन मगर मिस क्रिष्टल, सायरा गुरुङ मिस एम्बेसडर , जिज्ञासा चौधरी मिस रेन्बो र मुस्कान क्षेत्री अर्गानाइजर च्वाइस, मिस देवा बन्न सफल भएका थिईन् । सहासी कदम नेपालका सचिव तथा पूर्व मिस डायमण्ड नेपालका बिजेता रेशम न्यौपाने (रेष्मा डार्लिङ) को संचालनमा सम्पन्न कार्यक्रममा । सहासी कदम नेपालकी अध्यक्ष तथा मानब अधिकार कर्मी आनिक राना, एक्लोलाई साहारा दिने वृक्ष समुह रुपन्देहीकी अध्यक्ष अवन्तिका घर्ती, मानब अधिकारकर्मी बिनोद बि.सी लगायतले बिजेताहरुलाई शुभकामना दिएका थिर्ए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *