आसामको मासिक शृङ्खला सम्पन्न

गौतमबुद्ध सन्देश
लुम्बिनी, २९ फागुन ।
आदर्श साहित्यिक मञ्च ९आसाम०, लुम्बिनीको मासिक साहित्यिक शृङ्गलाअन्तर्गत दोस्रो शृङ्खला शुक्रबार सम्पन्न भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–९ स्थित खुदाबागर आदर्श कलेजमा मञ्चकी अध्यक्ष इनारमति कोहारको अध्यक्षता, कलेज प्रमुख रामबली यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरूले नेपाली, भोजपुरी, अवधी, हिन्दी र अङ्ग्रेजी भाषाका आ–आफ्ना गीत, गजल, कविता, कथा, सायरी आदि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अनिलकुमार बानियाँ, सुरज यादव, रामकरण कोहार, मुरलीकुमार कहाँर, जोगिन्दर लोध, धर्मेन्द्र धवल, सन्दीपकुमार मिश्र, विनय चौधरी, प्रदीपकुमार चौधरी, श्याम स्नेही, शैलेन्द्र प्रजापति, पूजा हरिजनका साथै मञ्चका सल्लाहकारसमेत रहेका कलेजका अध्यापकहरू छवि ज्ञवाली, सञ्जय विश्वकर्माले आफ्ना रचना पाठ गरेका थिए ।

मञ्चका सहसचिव मनोजकुमार यादवको सञ्चालन तथा सदस्य प्रदीपकुमार यादवको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कलेजका संस्थापक प्रमुख अरुण मरासिनी, अध्यापकहरू अभिषेकमणि त्रिपाठी, हरिश्चन्द यादवले रचना सुनाए । कार्यक्रममा क्याम्पस प्रमुख यादवले युवा अवस्थाबाटै विद्यार्थीवर्ग साहित्य सिर्जननामा तत्पर भएर लागिपर्ने हो भने भविष्यमा उत्कृष्ट साहित्यकारका रूपमा चिनिइने भन्दै पाठ्यक्रमको शिक्षा र सिर्जनाकर्मलाई एकसाथ अघि बढाउन विद्यार्थीलाई आग्रह गरे ।

उक्त कलेजमा हरेक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा शृङ्खला सञ्चालन गरी साहित्य विकासमा योगदान पु¥याउने उद्देश्यले गत वर्ष फागुन ७ गते मञ्चको स्थापना भएको थियो । सोही महिना ३० गते प्रथम शृङ्खला सम्पन्न भए पनि त्यस यता मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण भएको बन्दाबन्दी तथा कलेजमा पठनपाठन स्थगित भएर कार्यक्रम हुन नपाए पनि अब भने हरेक महिना कार्यक्रम गरिने अध्यक्ष कोहारले जानकारी दिइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *