रुपन्देही सुपरलिग ः वेष्टर्न सेमिफाइनलमा

गौतमबुद्ध सन्देश
भैरहवा, २४ फागुन ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह ‘बी’ को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०१ रनको योगफल बनायो । उसका लागि हरजित सिंहले ५९, उत्सव श्रेष्ठले ५० र राहुल कुमारले २१ रन बनाए । बलिङमा जीआरका लागि धिरज शाहीले ४, सिद्धान्त शाहीले २, संदीप सुनार, नितेष थापा र राजवीर सिंहले समान १÷१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको जीआरले २९.५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । उसका लागि अर्जुन गिरीले ३०, नरेश चन ठकुरीले २८ र धिरज शाहीले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सन्देश थापा र कमल थापाले ३÷३, राहुल कुमारले २ र विवेक पराजुलीले १ विकेट लिए । हरिजत सिंह म्यान अफ द म्याच भए । सोमबार डिभिजन ‘ए’ को समूह ‘सी’ मा रहेका न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिष्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *