‘मिडियाले वित्तीय साक्षरतालाई प्राथमिकता दिनुपर्छ’
गौतमबुद्ध सन्देश
भैरहवा, ३ पुस ।
स्थानीय सञ्चारमाध्यम (मिडिया)ले वित्तीय साक्षरतालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले आर्थिक विषयवस्तुलाई मिडियाले समेट्नुपर्ने बताए ।
गौतमबुद्ध मिडिया प्रा.लि. भैरहवा, रुपन्देहीले बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुका प्रमुखहरुसंग बुधबार भैरहवामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताहरुले आर्थिक क्षेत्रका विषयवस्तुलाई जोड दिएर समाचार सम्प्रेषण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा गौतमबुद्ध मिडिया प्रा.लि.का सञ्चालक नारायण प्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाका गतिविधिहरुलाई मिडियाले स्थान दिनुपर्ने बताए । उनले यो क्षेत्र औद्योगिक, व्यापारिक तथा पर्यटन हबको रुपमा अगाडी बढिरहेको हुँदा सञ्चार माध्यमले यस विषयमा कलम चलाउन आवश्यक रहेकोमा जोड दिए ।
नेपाल बैंकर्स संघ लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्रदेश प्रमुख रामराज उपाध्यायले आर्थिक पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताए । उनले मिडियामा आर्थिक क्षेत्रसम्बन्धि खोजमुलक विषयवस्तुलाई समावेश गर्नुपर्ने बताए । उनले वित्तीय साक्षरता बढाउनुपर्ने बताए ।
नेपाल इन्स्यारेन्स प्रोफेसेनल सोसाइटी लुम्बिनी च्यापटर उपाध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख गोपाल ज्ञवालीले कोभिड–१९ का कारण बीमा क्षेत्रमा असर परेको बताए । उनले बीमा कम्पनीलाई अप्ठयारो परिरहेको अवस्थामा कम्पनीहरुप्रति नकारात्मक रुपमा हेर्न नहुने बताए । बीमा कम्पनीले गरेका राम्रा कार्यक्रमहरुलाई पनि मिडियाले समावेश गर्नुपर्ने उनले बताए ।
पु्रडिन्सियल इन्स्यारेन्स कम्पनी लिमिटेड भैरहवा शाखा प्रमुख रवि थपलियाले बीमा कम्पनीले दावी भुक्तानी दिदैन भनेर गलत हल्ला फैलाइएको बताए । उनले सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ बैंक लिमिटेड भैरहवा शाखा प्रबन्धक जीवन घिमिरेले स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने बताए । उनले आगामी दिनमा पनि बैंकले मिडियासंग सहकार्य गर्दै जाने बताए ।
गौतमबुद्ध मिडिया प्रा.लि.का शेयर सदस्य शोभाकान्त नेपालले बैंकले आफ्ना सेवाबारे नागरिकलाई जानकारी गराउनुपर्ने बताए ।
सेञ्चुरी बैंक लुम्बिनी प्रदेश प्रमुख रमन श्रेष्ठले मिडिया र बैंकबीच समन्वय र सहकार्य हुनुपर्ने बताए ।
महालक्ष्मी विकास बैंक भैरहवा शाखाका प्रमुख गौतम गुप्ताले स्थानीय मिडियाले वित्तीय साक्षरतासम्बन्धि समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनले उद्योगी–व्यवसायी र बैंकबीचको दुरीलाई कम मिडियाले भुमिका खेल्नुपर्ने बताए ।
आइसीएफसी फाइनान्स लिमिटेड लुम्बिनी प्रदेश प्रमुख अमृत शर्माले आर्थिक विषयवस्तुलाई मिडियाले समेट्नुपर्ने बताए । उनले स्थानीय मुद्दालाई स्थानीय सञ्चार माध्यमले प्राथमिकता दिनुपर्ने बताए ।
गौतमबुद्ध मिडिया प्रा.लि.का शेयर सदस्य डा. ऋषिराम शर्माले समाज रुपान्तरणमा वित्तीय संस्थाको भुमिका महत्वपूर्ण रहेको बताए ।
कामना सेवा विकास बैंक भैरहवा कलस्टर प्रमुख तुल्सी आचार्यले वित्तीय साक्षरताको लागि मिडियाको भुमिका महत्वपूर्ण रहेको बताए ।
नेपाल बैंक लिमिटेड सिद्धार्थनगर शाखा प्रबन्धक यज्ञमुर्ति बस्याल, उन्नति सहकार्य लघुवित्तीय वित्तीय संस्थाका प्रमुख प्रेम बहादुर पाठक, कृषि विकास बैंक लिमिटेड सिद्धार्थनगर शाखा प्रबन्धक बाबुराम खत्री लगायतले बोल्दै विश्व नै महामारीबाट आक्रान्त भएको बताए ।
गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीको अध्यक्षता, कार्यकारी प्रमुख गुनाराम घिमिरेको स्वागत तथा अजोड इन्स्योरेन्स लिमिटेड भैरहवा शाखाका प्रमुख प्रकाश शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।