साई ग्लोबल एकेडेमीको अध्यक्षमा लाल बहादुर बस्नेत

गौतमबुद्ध सन्देश
भैरहवा, १४ कार्तिक ।
साई ग्लोबल एकेडेमी साई ग्लोबल सेकेण्डरी स्कूल एवं कलेज सिद्धार्थनगर–८, रुपन्देहीको १८ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन बिहीबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले लाल बहादुर बस्नेतको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । एकेडेमीको प्रबन्ध निर्देशकमा दिनेश मान अमात्य र सदस्यसचिव एवं प्राचार्यमा दिपेश भट्टराई रहेका छन् ।

त्यस्तै सदस्यहरुमा दिनेश कुमार मिश्रा, केशव शर्मा बेलबासे, मनिराम भुषाल, सरोज कमल श्रेष्ठ, कृष्ण मोहन कोहार र चन्द्र प्रकाश उपाध्याय रहेको एकेडेमीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *