पाल्पा-बुटवल सडक बिहीबारसम्म दैनिक ३ घण्टा बन्द

असोज २६, २०७७ सोमबार
पाल्पा ।

पाल्पा-बुटवल सडक बिहीबारसम्म दैनिक ३ घण्टा बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द हुने भएको हो। सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको चिडिया खोलादेखि बर्तुङसम्म पहिरो सफा गर्ने काम भएकोले दैनिक ३ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ ।

यो सडकमा दैनिक ५ हजार बढी साना ठूला गाडी चल्छन् । चाडपर्वको समयमा दैनिक ३ घण्टा सडक बन्द भएपछि समस्या हुने यात्रुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *