लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा बाढीप्रभावितहरुलाई निर्माण सामाग्री प्रदान

भैरहवा, २५ असोज ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले घर भत्किएका बाढीप्रभावितहरुलाई निर्माण सामाग्री प्रदान गरेको छ । क्लबले रुपन्देहीको सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकाका २८ घरपरिवारलाई घर बनाउनको लागि जस्तापाता र जीआई पाइप उपलब्ध गराएको हो । सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा आयोजित निर्माण सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले लायन्स क्लबले समाजमा जागरुकता र सेवा भावना बढाउँदै गएको बताए । उनले मर्चवार क्षेत्रप्रति लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले देखाएको सेवाको भावको प्रशंसा गरे । उनले विगतमा आफु पनि लायन्स क्लबको सदस्य भएको स्मरण समेत गरे ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष एमजेएफ अरुण कुमार मिश्राले मर्चवार क्षेत्रमा अविरल वर्षाका कारणले आएको बाढीले घर भत्किएपछि घर निर्माण गर्न केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले निर्माण सामाग्री उपलब्ध गराएको बताए । उनले आगामी दिनमा पनि मर्चवार क्षेत्रका विपन्न परिवारलाई क्लबमार्फत सहयोग गरिने बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाकै प्रेरणाले लायन्स भएको बताए । उनले दिनदुःखीको सेवामा लायन्स निरन्तर लागेको बताए ।

लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका एभ्यालुयसन टिम हेड विनोद खरेलले भैरहवाबासी मर्चवारको दुःखसुखमा साथ रहेको बताए । उनले लायन्स क्लब पटकपटक मर्चवार क्षेत्रमा पुगेर सेवाको हात अगाडी बढेको बताए । लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का चिफ सन्दिप कसौधनले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले गरेको कार्यको उचित मुल्यांकन हुने बताए । उनले मर्चवार क्षेत्रको विकासको लागि लायन्स क्लबले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मीले विपन्न समुदायलाई सहयोग गरेको भन्दै लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धलाई धन्यवाद दिए ।

लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले ‘हामी सेवा गर्छौं’ भन्ने नाराका साथ लायन्स क्लब निरन्तर समाजसेवामा लागेको बताए । कार्यक्रम संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायको स्वागत, क्लबका सदस्य अमृता जैसवालको ध्वजा अभिवादन तथा सचिव राजन शुक्लाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस अघि क्लबले लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित भर्थापुरका बाढीप्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको क्लबका सह–कोषाध्यक्ष पिन्टु वनियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *