मनकारी वाई. पी. जसले गरे ५ महिनाको विद्यालयको मासिक शुल्कमा छुट

गौतमबुद्ध सन्देश
भैरहवा, १९ असोज ।

यतिबेला कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनिरहेको छ । हरेक क्षेत्र प्रभावित बनिरहेको अवस्थामा शिक्षा क्षेत्र पनि यसबाट अछुतो हुन सकेको छैन् । नेपालमा विद्यालयको मासिक शुल्कको विषयमा विभिन्न विषयहरु आइरहँदा भैरहवाको एक शैक्षिक संस्थाले भने मासिक शुल्क छुट दिने निर्णय गरेको छ ।
भैरहवास्थित लिटल टुलिप प्रि प्राईमरी मन्टेश्वरी स्कुलले सो निर्णय गरेको हो । स्कूलका प्रबन्ध निर्देशक वाई पी. आचार्यले आफ्ना बालबालिकाको भविष्यको लागि चिन्तित अभिभावकलाई थोरै भएपनि राहत होस् भन्ने हेतुले उक्त निर्णय गरेको बताए ।

प्रस्तुत छ प्रबन्ध निर्देशक आचार्यको भनाई जस्ताको तस्तै ः

कोभिड–१९ ले विश्व आक्रान्त भइरहेको विषम परिस्थितिमा हाम्रो देश नेपाल पनि अछुतो रहेन, विशेष गरी नेपाल विकासोन्मुख देशको वर्गमा रहेको हुनाले यहाँका जनता पक्कै पनि धेरै जसो मध्यम वर्गिय नै हुन, जुन अहिलेको इकोनोमिक क्राइसिसको सिकार बनेका छन्, सम्पूर्ण अभिभावक जनहरुमा जुन ईकोनोमिक क्राइसिसको जटिल अवस्था देखिएको छ त्यस अवस्थामा आफ्ना बालबच्चाको भविष्य कस्तो हुने हो हामीले धान्न सकिन्छ कि सकिंदैन होला भन्ने खालको अन्योलता उत्पन्न भएको छ सोही अन्योलतालाई विश्वासमा परिणत गर्नका लागि र थोरै भएपनि मेरा विद्यार्थी बालबालिकाका अभिभावकहरुका लागि राहत महसुस हुनेछ र आफ्ना बालबालिकाहरुको भविष्यप्रति कति पनि विचलित चिन्तित हुनु हुनेछैन भन्ने आशाका साथ २०७७ वैशाखदेखि भाद्र महिनासम्म ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गर्दछु । धन्यबाद ।
वाई.पी. आचार्य
प्रबन्धक निर्देशक
लिटल टुलिप प्रि प्राईमरी मन्टेश्वरी स्कुल
सि. न .पा. –९ गोलिगढ , भैरहवा रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *