कपिलबस्तुलाई प्रदेश नं. ५ को राजधानी बनाउनु पर्ने माग गर्दे रिले अनसन

नारद कोहार

कपिलबस्तु, असोज १७

प्रदेश नं. ५ को राजधानी कपिलबस्तु बनाउनु पर्ने माग गर्दे रिले अनसन बसिएको छ । बुद्धकालिन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थल कपिलवस्तुलाई प्रदेश ५ को राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवाको जिल्ला प्रशासन अगाडी सो अनसन बसिएको छ ।

अनसन बसेका समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता, सन्तोष कसौधन र बृजेश भटरा रहेका छन् ।

प्राचिन र पौराणिक काललाई हेर्ने हो भने यो कपिलबस्तु पहिले देखि नै प्रमाणित रहेको कारणले र प्रदेशको सबै जिल्लाको राजधानी माग गर्नु स्वाभविक नै रहेको अनसन रत स्थानिय रउफ अहमद खाले बताए । तर प्रदेश सरकारले राजधानीको नामाकरणको लागि प्राचिन स्थलको महत्व दिएर प्रदेशको नाम बुद्ध प्रदेश र राजधानी कपिलबस्तु नै हुनु पर्ने विरोध स्वारुप यो अनसन गरेको उनले बताए ।

प्रदेश नं. ५को परासी देखि लिएर बर्दिया सम्मको जनतालाई पायक पर्ने स्थान कपिलबस्तु नै हो र गौतम बुद्धको राजधानी ऐतिहासिक तथा पुरातत्विक महत्व बोकेका कपिलबस्तुलाई राजधानी नबनाउदा सम्म हाम्रो रिले अनसन जारी रहने अनसनरत समाजसेवी सुदीप पौडेलले बताए ।

कपिलवस्तु प्रदेशका १२ वटै जिल्लाको पायक पर्ने स्थान रहेको, ऐतिहासिक महत्व बोकेको गौतम बुद्धको पिताको राजधानी समेत भएकाले प्रदेश सरकारले गरेको प्रस्ताव फिर्ता लिई कपिलवस्तुलाई प्रदेश ५ को राजधानी बनाउनु पर्ने माग अनसनरत युवा समाजसेवीहरुले राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *