स्थानीय तहसँग गौतमबुद्ध सन्देश

लामो समयसम्म जनप्रतिनिधिबिहीन रहेको स्थानीय तहले २०७४ सालमा सम्पन्न निर्वाचनपश्चात जनप्रतिनिधि पाएको छ । मुलुकमा अहिले संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तीमध्ये जनताको घरदैलोको सरकारको रुपमा मानिने स्थानीय सरकार (तह) हो । जनताको पीरमर्का तथा समस्या नजिकबाट बुझेर त्यसको समाधान गर्न अगाडी बढ्ने सरकारको रुपमा स्थानीय तहलाई बुझ्ने गरिन्छ । स्थानीय तहमा नागरिकले जनप्रतिनिधिहरूले नीति, कार्यक्रम लगायत विकास, निर्माण र कार्यशैली जस्ता पक्षहरूमा कत्तिको सिर्जनशील भएर जिम्मेवारी निर्वाह गरिरहेका छन् भन्ने विषय नजिकबाट चासो र चिन्ताका साथ हेरिरहेका छन् । यसै सन्दर्भमा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि गरेका कार्यहरु, कोभिड–१९ ले पारेका प्रभाव र यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयास र कार्यसम्पादन गर्ने क्रममा भएका कठिनाइहरुबारे हामीले विभिन्न स्थानीय तहमा पुगेर सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीसंग कुराकानी गरेका छौं । प्रस्तुत छ छत्रकोट गाउँपालिका, गुल्मीका उपाध्यक्ष नर्मदा भण्डारी र प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थसंग गरिएको कुराकानीको सम्पादित अशं ः

पहिलो काम स्वास्थ्य क्षेत्रमा गरेका थियौं

नर्मदा भण्डारी
उपाध्यक्ष
छत्रकोट गाउँपालिका, गुल्मी

२०७४ साल असार १४ गतेको निर्वाचनपछि असार १८ गते हामीले कार्यभार सम्हालेका थियौं । त्यसपछि स्थानीय सरकार आएपछि कति फाइदा हुँदो रहेछ भन्ने कुरा जनताले महसुस गरेका छन् । जसले गर्दा जनताले आफ्ना हरेक गुनासाहरु सम्बन्धित निकायसम्म आफै पुगेर राख्न पाएका छन् । प्रत्यक्ष रुपमा राखेका समस्याहरु स्थानीय सरकारबाट छिटो समाधान हुने गरेकोले जनता धेरै लाभान्वित बन्न पुगेका छन् । चुनावपछि हामीले पहिलो काम स्वास्थ्य क्षेत्रमा गरेका थियौ । कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो चिन्ता हो । बिरामी भएपछि कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्नका लागि त्यसमा पनि अशक्त र असहाय व्यक्तिहरुलाई सहयोग गरेका थियौं । जुन काम अहिलेसम्म पनि निरन्तर गरिरहेका छौं । जनतालाई स्वास्थ्य सम्बन्धि चेतना अभिवृद्धि होस् भन्नका लागि होलबडी चेकअपको व्यवस्था गरेका थियौ । श्रीङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा ४० वर्ष भन्दा माथिका सबै जनताहरुको होलबडी चेकअप गरायौं । हामीले धेरै जनताको रोग पत्ता लगाएर बचाउन सफल भएका छौ । यसले जनता पनि निकै खुशी भएका छन् । यसले मानिसहरुमा होलबडी चेकअप अनिवार्य रहेछ भन्ने कुराको सन्देश दिन सकेको छ । छत्रकोट खानेपानीको समस्या भएको गाउँपालिका हो । यसको लागि देशैभरी व्यापक भएको दौघा खानेपानी तथा ५ वटा वडाका दौगा, हुँगा, पल्लीकोट, धरमपानी र मौलिपुल लिफ्टिङ खानेपानी आयोजनाहरु रहेका छन् । जुन आयोजनाबाट हामीले ट्यांकीसम्म पानी ल्याउन सफल भएका छौ । हरेक घरघरमा तत्काल लैजान नसके तापनि ७ घर एक धाराको रुपमा पानी उपलब्ध गराएका छौं । शिक्षाको क्षेत्रमा पालिकाले आफ्नै शिक्षा ऐन बनाएर पालिकाका शिक्षकहरुलाई कसरी परिचालन गर्ने र यहाँका विद्यार्थीहरुको उत्र्तीण प्रतिशत कसरी माथि पु¥याउन सकिन्छ भन्ने सोचका साथ हामी अगाडी बढेका छौं । कोरोनाको महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम तथा प्रोसाहन भत्ता दिएर निरन्तर जनताको सेवामा लगाएका छौं । त्यस्तै कृषि र पशुको क्षेत्रमा पनि कृषि उत्पादन गर्ने र ती उत्पादन गरिसकेपछि जनताहरुलाई आत्मनिर्भर बनाउनेतर्फ लागिपरेका छौं । तरकारी खेती अन्तर्गत टमाटरमा आत्मनिर्भर बन्नुका साथै हरेक दिन ३ ट्रक टमाटर बुटवल बजारमा पठाउन सफल भएका छौं । सुन्तला, कागती, आलु जस्तै विभिन्न किसिमका उत्पादन पकेट क्षेत्रहरु छुट्याएर कृषकहरुलाई उर्जा दिने र उत्पादन वृद्धि गर्ने सोचमा हामी लागेका छौ । लक्षित कार्यक्रमहरुमा पनि छत्रकोट गाउँपालिका अगाडी बढेको छ । महिला, दलित तथा अन्य लक्षित वर्गहरुलाई पनि पुरानो रकम तथा सधै एउटै लक्ष्यमा जानु हुँदैन केही नयाँ काम गर्नुपर्छ भनेर प्रतिष्पर्धामा गइ क्षमता वृद्धि गर्नुपर्छ भन्नेतर्फ पालिका अगाडी बढेको छ । छत्रकोट गाउँपालिकामा न्यायिक समितिको गठन भइसकेपछि पहिलो वर्ष हामीले १९ वटा मुद्दा÷उजुरी दर्ता ग¥यौ । ती मुद्दालाई कसैको हारजित नहुने गरी टुंग्यायौ । केही मुद्दाहरु बाँकी रहेका थिए । ती बाँकी रहेका मुद्दाहरुलाई आगामी वर्षमा निरन्तरता दिदै नयाँ २७ वटा उजुरीहरु दर्ता भएका थियो । ती सबै निवेदनहरुलाई सहजताका साथ मेलमिलाप गराएका थियौं । त्यस्तै अर्काे वर्ष परेका १३ वटा उजुरीलाई पनि हामीले मेलमिलापमार्फत टुंगाएका थियौं । चालु वर्षमा पनि ५ वटा उजुरी आइसकेका छन् जुनमध्ये ४ वटा समाधान भइसकेको र एउटा मुद्दा छलफलको क्रममा रहेको छ । यसरी न्यायको क्षेत्रमा पनि हाम्रो गाउँपालिकाले राम्रो काम गरिरहेको छ । यसबाट जनता पनि सन्तुष्ट छन् । जनताको जीतहार नहुने गरी सबैलाई समान तरिकाले अगाडी बढाउने कार्यमा सफल भएको महसुस गरेका छौ । जनताको सेवामा जतिबेला पनि तयार रहेको छत्रकोट गाउँपालिका सधै अगाडी नै बढिरहनेछ ।

—————————————

शिक्षा क्षेत्रमा धेरै सुधार भएको छ
भेषराज पन्थ
प्रमुख प्रशासकीय अधिकृत
छत्रकोट गाउँपालिका, गुल्मी

छत्रकोट गाउँपालिकामा कोभिडको कुरा गर्दा हामीले राजनीतिक दलसहित पालिका स्तरीय कोभिड–१९ रोकथाम समिति गठन गरेका थियौ । भुगोललाई आधार मानेर साविकको वडाको आधारमा २८ वटा ब्लक निर्माण गरेका छौं । जसले गर्दा भारतबाट आउने आफ्ना नागरिकको सुरक्षा गर्ने यससंगै उनीहरुको निगरानी तथा क्वारेन्टाइन व्यवस्थापनमा सहज परिस्थिति देखियो । जसमा धेरैको सहयोग रहेको थियो यसले गर्दा महामारीलाई रोकथाम गर्न सहज भयो । पािलकामा अन्य समयमा शनिबार बन्द हुने स्वास्थ्य संस्थाहरु महामारीको बेला खुल्ला राख्न थालियो । जसले गर्दा आम नागरिकहरुमा स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने बुझाइका साथै रोगहरुलाई लुकाएर राख्नु हुँदैन भन्ने बुझाइ रह्यो । यो हामीले गरेका काममध्येको एउटा सकारात्मक पाटो हो । समयमै नागरिकहरुलाई राहत वितरण गर्ने काम विशेष त असहाय, अशक्त तथा श्रमिकहरुलाई ठूलो मद्दत पुग्यो । लकडाउनकै अवधिमा वैशाख महिनातिर जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर सुरक्षित रहेर विकास निर्माणका कामहरु अगाडी बढाउनुपर्छ भन्नेतर्फ लाग्यौ । जसबाट अघिल्लो वर्ष राखेका लक्ष्यहरु प्राप्त गर्नमा मद्दत पुगेको छ । पालिकाले आफ्नो कुनै पनि कामलाई लकडाउनको कारण बन्द गर्नु परेन । महामारीका बेला सरकारले कार्यालय बन्द गरेर पन्छिने काम गर्नु हुँदैन भन्ने सोचेर हामीले यस्तो गरेका हौं । भारतबाट आउने नागरिकहरुलाई निःशुल्क रुपमा क्वारेन्टाइनमा बस्ने, खाने र सुरक्षाका सामाग्रीको व्यवस्था पालिकाले गरेको थियो । व्यक्तिगत सुरक्षालाई प्रवद्र्धन गर्दै नागरिकको सुरक्षालाई अगाडी बढाउनुपर्छ भन्ने पालिकाको धारणा हो । स्थानीय सञ्चार माध्यमहरुबाट सुरक्षित रुपमा घरमै बस्न, कतै जान परे दुरी कायम र सुरक्षाका मापदण्डहरु अपनाउन तथा घरमै बसेर सुरक्षित कृषि कार्यहरु सुचारु गर्न अनुरोध गरेका थियौ । विश्वव्यापी महामारी चलिरहँदा पनि पालिकाले प्रत्येक वर्षलाई अभियानको रुपमा घोषणा गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा पानीको योजना सुरु भएको थियो । यसबाट ठूला योजनाहरु सम्पन्न अवस्थामा पुगेका छन् । यसै वर्ष सबै योजना पुरा भइ खानेपानीको समस्या समाधान हुनेछ । अहिले छत्रकोट गाउँपालिका घाँसको गोठ मुक्त पालिका बनिसकेको छ । अघिल्लो आर्थिक वर्षको मुख्य योजनामा सडकलाई राखेका छौं । पालिकाका सबै वडाहरुमा पुग्ने सडकहरुलाई कम्तिमा ८ मिटर फराकिलो गरी निर्माण गर्ने काम अन्तिम चरणमा रहेको छ । यो वर्षमा पालिकालाई कृषि वर्षको रुपमा राखिएको छ । यसमा वडा लक्षित कार्यक्रमहरु राखेका छौ । जसअन्तर्गत वडा नम्बर १ मा व्यवसायिक कृषि खेतीमा त्यहाँका कृषकहरु अगाडी रहेकाले व्यवसायिक तरकारी खेतीको प्रवद्र्धन गर्ने योजनामा रहेका छौ । एक वडा एक उत्पादनको हिसाबले अगाडी बढाउदा वडा नम्बर २ मा बंगुरपालनलाई प्राथमिकतामा राखेका छौं । वडा नम्बर ३ र ४ मा संघीय सरकारसंग समन्वय गरेर भैसीपालन कार्यक्रमलाई अगाडी सारेका छौं । त्यस्तै वडा नम्बर ५ मा केरा खेती, वडा नम्बर ६ मा बाख्रापालनलाई राखेका छौं । यसले आयआर्जनलाई बढाउन मद्दत पुग्नेछ । जसले गर्दा पछिल्लो समय मानिसले रोजगारीको लागि बसाईसराई गर्ने चलन बढेको छ, गाउँमै रोजगार दिन सकियो र आम्दानीमा वृद्धि भयो भने मान्छे गाउँमै रहन सक्छ । बसाईसराई रोक्नको लागि पहिले गाउँको विकास हुनु आवश्यक रहेको छ । जसको लागि घरघरमा पानी तथा बाटोको व्यवस्था गर्नु जरुरी रहेको छ । साथै गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ । हाम्रो पालिका पहिलेको तुलनामा शिक्षा क्षेत्रमा धेरै सुधार भएको छ । गुणस्तरीय शिक्षाका लागि भौतिक पाटो पनि महत्वपूर्ण रहने भएकाले विद्यालय भवनहरुमा आधुनिकीकरण हुनुपर्ने हुन्छ । स्थानीय तह आइसकेपछि धेरै विद्यालय भवनहरु निर्माण भइसकेका छन् । यसबाहेक विज्ञहरुसंग छलफल गरेर हाम्रा शिक्षकहरुलाई तालिम दिइ नयाँ योजनाका साथ अगाडी बढाउनुपर्ने हुन्छ । यसको लागि हामीले काम गरिरहेका छौं । स्थानीय शैक्षिक सामाग्रीहरु निर्माण गरिरहेका छौं । यसले शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । भौतिक विकास जस्तो तुरुन्तै नदेखिए पनि सामाजिक र शैक्षिक विकासमा धेरै सुधार आएको छ । स्थानीय तह आइसकेपछि जब देश संघीयतामा गयो धेरै सुधारहरु भएका छन् । संघीयता आएसंगै विशेष गरी पहाडी क्षेत्रमा जून बसाईसराईको दर थियो त्यसलाई घटाउन मद्धत पुगेको छ । स्थानीय तहहरुले केही राम्रा अभ्यासहरु गर्दैछन् भन्ने आशा आम मानिसमा पर्न गएकोले बसाईसराई कम हुन थालेको हो । एक गाउँ एक उत्पादनमा दिगाम पहिलेदेखि नै खुदोले प्रसिद्ध रहेकोले त्यहाँ उखुखेती गर्ने तयारीमा बसेका छौ । कुनै पनि कृषि काम गर्दा धेरै घाटा भएकोले कुनै पनि बेला कसैले क्षति गरेकोले अहिले कृषि र पशु बीमा पालिकाले निःशुल्क गरिरहेको छ । यसबाट कृषक पलायन हुने अवस्था हराएर जाने छ । साथै कृषकको घरमै प्राविधिक टोली पुगेर निःशुल्क कृत्रिम गर्भाधानको व्यवस्था गराएका छौं । यसरी जनताको आयआर्जन वृद्धि गर्नको लागि पालिकाले टेवा पु¥याइरहेको छ । जनता भए मात्र विकासको माग हुने भएकाले बसाइसराईलाई रोक्नु अपरिहार्य रहेको छ । अहिले पालिकाले बांझो जग्गा व्यवस्थापन कार्यक्रम समेत ल्याएको छ । यस वर्षको लक्ष्य नै उत्पादन वृद्धि गरी आम्दानी बढाउनु हो । जनताको सेवामा बिना कुनै समय र शनिबार पनि खटिने भएकोले हामीले सफलता पाएको महसुस गरेका छौ । जसले गर्दा गाउँगाउँमा आएको सिंहदरबारलाई जनताले सेवामार्फत महसुस गरुन भनेर प्रयास गरिरहेका छौ । जुनसुकै नागरिकले जुन उद्देश्य बोकेर आउँछन् त्यसलाई पुरा गरेर जाउन भन्ने हो । कार्यालयका कर्मचारीहरुले धेरै मिहिनेत गरिरहेका छन् यो सबैले देख्ने र भन्ने गरेको कुरा पनि हो । आफूले आजसम्म ३ वटा स्थानीय तहमा लामो समयसम्म काम गरे र सबैमा जनप्रतिनिधि र कर्मचारीबीच भेदभाव तथा मनमुटावको अवस्था सिर्जना हुन नदिएको अवस्था छ । जसले गर्दा काम गर्न र लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ । कोरोना भाइरसको महामारीमा पनि हामीले कृषि, खानेपानी, विद्युत, लगायतका सबै क्षेत्रमा समान पहुँच र विकास गर्ने प्रयासमा रहेका छौं । चोयगा क्षेत्र धार्मिक रुपमा पर्यटकीय स्थल भएकोले यसको विकासमा पनि धेरै जोड दिएका छौ । विद्यालयस्तरमा योगका कक्षा सञ्चालन गर्ने तयारीमा रहेका छौ । यसलाई आम नागरिक सामु पनि लैजाने प्रयासमा रहेका छौ । धार्मिकसंगै मनोरञ्जनात्मक पर्यटकलाई पनि अगाडी बढाउने तयारीमा लागेका छौ । पालिकाको वडा नम्बर ५ मा खेल मैदान बनाउँदैछौ । यसरी समग्र पालिकाको विकास निर्माणमा हामी सबैले हातेमालो गरेर अगाडी बढेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *