प्रदेशको स्थायी राजधानी प्रस्तावसँगै कांग्रेस रुपन्देही आन्दोलनमा

२०७७ आश्विन १६
बुटवल ।

प्रदेश ५ सरकारले शुक्रबारको संसद बैठकमा पेश गरेको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउदै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । उक्त प्रस्ताव संसदमा टेवल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा उत्रिएर विरोध जनाएका छन् ।

पार्टि सभापती अब्दुल रज्जाकद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तीमा कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख छ । कांग्रेस रुपन्देहीको विज्ञप्तीमा पार्टिका आम कार्यकर्ता देखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्बसाधारणहरुलाई आन्दोलनमा सहभागि हुन अपिल गरिएको छ । वहुसंख्यक जनताको केन्द्र, पुर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *