रोहिणी खोलामा डुबेर हराएका युवक मृत भेटिए

भैरहवा, १६ असोज ।

बिहीबार दिउँसो ३ बजे तिलोत्तमा नगरपालिका–१२ जोरपानी रोहिणी खोलामा डुबेर हराएका तिलोत्तमा–१२ टुकटुकियाका १७ वर्षिय राजेश चौधरी शुक्रबार मृत भेटिएका छन् ।

खोलामा डुबेर हराएका चौधरीलाई सशस्त्र प्रहरी वेश क्याम्प गंगोलियाबाट खटिएको उद्दार टोलीले शुक्रबार बिहान पौने १० बजे मृत अवस्थामा फेला पारेको गंगोलियाका सशस्त्र प्रहरी निरीक्षक भान कार्कीले बताए । चौधरीको उद्दारमा स्थानीय र नेपाल प्रहरीको टोली पनि खटिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *