गौतमबुद्ध मिडिया प्रा.लि.ले गरायो कर्मचारीहरुको कोरोना बीमा

भैरहवा, १८ भदौ ।
गौतमबुद्ध मिडिया प्रा.लि. सिद्धार्थनगर, रुपन्देहीले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवासंग बीमालेख सम्झौता गरी संस्थामा कार्यरत पत्रकार/कर्मचारीको कोरोना बीमालेख जारी गराइएको मिडिया प्रा.लि.का कार्यकारी प्रमुख गुनाराम घिमिरेले बताए ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार तथा कर्मचारीहरुको एक लाखको कोरोना बीमा गराइएको गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले बताए ।

गौतमबुद्ध मिडिया प्रा.लि.द्वारा गौतमबुद्ध सन्देश दैनिक, अनलाइन संस्करण गौतमबुद्ध सन्देश डट कम र रेडियो रिपब्लिक ८८ दशमलव २ मेगाहर्ज सञ्चालनमा रहेको सञ्चालक माधब न्यौपानेले बताए ।

बीमाको अवधि एक वर्ष रहने र बीमा गरेको कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा एक लाख रुपैयाँ दाबी भुक्तानी हुने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *