रुपन्देही कञ्चन ४ मा रहेको बुद्ध नगर सामुदायिक टाेलको खेल मैदान स्तरोन्नती हुँदै
लक्ष्मण भुजेल
कञ्चन ३,भदौ
रुपन्देही कञ्चन ४ मा रहेको बुद्ध नगर सामुदायिक टाेलको खेल मैदान स्तरोन्नती हुँदैछ । जनअास्था पृथ्वी क्लवका अध्यक्ष उदय अालेको नेतृत्वमा बुद्ध नगर सामुदायिक टाेलको खेलमैदान वरिपरि तार जाली लगाउने काम सुरु भएको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै कञ्चन ४का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले अाफ्नाे वडाबाट हुने सहयोग तथा साथ रहने र बुद्ध रंगशाला निर्माणमा सबैजनाले मनदेखी सहयोग गर्न अाग्रर गर्नु भएको छ।
बुद्ध रंगशाला लाई स्थानीय तहकै नमूनाको रुपमा विकास गरिने छ,’ क्लबका सचिव हिमाल थापाले भने,‘ बुद्ध रंगशालाको वरिपरि पहिलो चरणमा तारजालीले घेरे लगाइएको छ ।’ जनअास्था पृथ्वी क्लबको नेतृत्वमा तारजाली लगाउने काम सुरु भएको उनले बताए । खेलमैदान संरक्षणमा ढिलाइ भएपनि अब कामले द्रुतगतिमा हुने र स्थानीय तहकै नमुना रंगशाला बनाउने अालेले बताउनुभयो ,‘मैदानमा मानिस हिँड्ने ट्रयाक,रनिङ ट्रयाक भित्र फुटबल ग्राउण्ड बनाइने छ । बुद्ध रंगशालाको वरिपरि शारीरिक व्यायामका सामग्रीहरु जडान हुनुका साथै पार्क र पार्किङ पनि निर्माण गरिनेछ ।’
राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुँदा बस्नको निम्ति सिमेन्टको कुर्सी पनि रंगशाला मा राखिने उनको भनाइ रहेको छ । उनले बुद्ध रंगशाला निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल समेत गरेका छन् ।