काठमाडौंका ९४ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु

३ भदौ, काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण बुधबार काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको भदौ १ गते राति १० बजे मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती पुरुष निमोनियाको बिरामी थिए भने छाती सम्बन्धी पुरानो रोग थियो। भदौ २ गते स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अधिकारीले जानकारी दिए । सहप्रवक्ता अधिकारीले भने, ‘उहाँको असमायिक निधन भएपछि स्वाब संकलन गरिएको थियो ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *