गुल्मीको रेसुङ्गा गौशालामा औँसीको अवसरमा गाइको पूजा

अनिल खत्री
गुल्मी, ३ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन औँसी गाइको पूजा गरेर मनाउने प्रचलन रहेको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अवसर पारेर गुल्मीको धार्मिक स्थल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाइको सामुहिक रुपमा पूजा गरेका छन् ।

जिल्लाको सदरमुकाम तम्घाससँगै विभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानै देखि भिड लाग्ने गरेको छ । गौशालामा रहेका गाइलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाएका थिए । हिन्दुधर्ममा गाईको पुजा गर्नाले स्वर्गको वास हुने मान्यता रहेको छ । गाईको पूजा गर्नाले आफुले भुल गरेर गरेका पापहरु नास हुने र पुण्य लाभ हुने प्रचलन रहेको छ ।

रेसुङ्गासँगै रहेको गौशालामा २०४२ साल देखि गाईहरु पालिदै आएको छ । धार्मिक स्थलसँगै रहेको गौशालाको प्रचार प्रसारमा कमी भएको स्थानियको गुनासो रहेको छ । लामो समय देखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाहरुबाट भक्तजन पुग्ने गर्दै आएका छन् । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ ।

रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गाउँमा गाइहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाइहरु पालिदै आएको छ ।

गौशालामा हाल झण्डै २ सय भन्दा वढी गाइगोरुहरु रहेका छन् । स्थानीय जातका गाइहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको हो । रेसुङ्गासँगै गौशालाको पर्यटकीय महत्व वढाउनको लागी प्रचारप्रसारमा सबैको ध्यान जान जरुरी रहेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

गाईको हिन्दु धर्ममा महत्व धेरै छ उनले भने ‘गाई मात्र होइने गाईका गहुँतको पनि उत्तिकै महत्व र औषधीको रुपमा पनि प्रयोग हुँदै आएको छ ।’ हामीले गाईबाट दुध घिउसँगै गहुँतबाट औषधी पनि बन्छ भुसालले भने ‘गहुँत पूजा पनि प्रयोग हुनाले यसको धेरै महत्व छ ।’
धार्मिकता सँगै रहेको गौशालाको बिकास र पर्यटकिय आकर्षण बढाउन स्थानिय जातका गाई सँगै अन्य प्रजातीका गाईहरु पनि यस ठाउँमा पालिनु पर्ने भुसालले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *