अर्घाखाँचीको नरपानीमा यात्रुवाहक बस दुर्घटना

गौतमबुद्ध सन्देश
अर्घाखाँची, मंसिर ११ ।

अर्घाखाँचीको नरपानीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । लु २ ख २१४८ नम्बर यात्रुबाहक बस दुर्घटनामा परेको जानकारी आएपनि वितृत विवरण आउन बाँकी छ । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयबासी पुगेका छन् । प्रत्यक्षदर्शी विकास पोखरेलका अनुसार बस दुर्घटनामा परेको र त्यसको विवरण संकलनको काम भैरहेको जानकारी दिए । घाइतेहरुको उद्धार भैरहेको छ । बस खोचमा खसेको छ । भीरमा बस खसेको कारणमा उद्धारमा समस्या भएको बताइएको छ ।तस्विर सौजन्यः विकास पोखरेल

Facebook Comments