अपांगता भएकालाई ह्वील चियर

गौतमबुद्ध सन्देश
भैरहवा, १६ असार ।
रुपन्देहीको मायादेवी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर तथा अन्य सहयोगी सामाग्री वितरण गरिएको छ । मायादेवी गाउँकार्यपालिकाको सहयोग तथा नयाँ जीवनको लागि हातेमालो बुटवल, रुपन्देहीको आयोजनामा गाउँपालिकाका शारीरिक अशक्त, दृष्टीविहीन तथा विभिन्न कारणले हिंडडुल गर्ने नसक्नेहरुलाई आइतबार ह्वील चियर, सेतो छडी, वैशाखी र लौरो वितरण गरिएको हो ।

अपांगता भएका व्यक्तिहरुलाई जीवनमा केही सहजता होस भन्ने उद्देश्यले ह्वील चियर २७ सेतो वटा, छडी ११ वटा, वैशाखी ३० जोडा र लौरो १५ वटा वितरण गरिएको कार्यक्र संयोजक मुना पाण्डेले बताइन् । विगत ६ वर्षदेखि संस्थाले सामुदायिक विकासको लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइन् ।

गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले अपांगता भएका व्यक्तिहरु समाजमा बस्ने भएकोले उनीहरुको दुःखसुखमा गाउँपालिकाको साथ रहने बताए । उनले आगामी आर्थिक वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।उपाध्यक्ष तारादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत रविन अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र यादव लगायतले बोल्दै समाजको अभिन्न अंगको रुपमा रहेका अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको बताए ।

नयाँ जीवनको लाथि हातेमालोका कार्यक्रम संयोजक पाण्डेको अध्यक्षता, सामुदायिक विकास अधिकृत सरिता के.सी.को स्वागत तथा सुपरभाइजर कमल बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *