आमा

–रीता क्षेत्री

निस्वार्थ प्रेमरसको सुरधारा हौ आमा तिमी
विषको प्याला पिइ सन्तान बचाउने अमृतधारा हौ तिमी

निर्मल कोमल भावनाको भवसागरमा बग्दैबग्दै
जीवन आफ्नो निछावर गरिदिने हौ तिमी

विशाल छाती चिरेर दुधको घुट पिलाउने बसुधारा हौ तिमी
अनेक अनुकम्पाकी गुणले भरिएकी अनुराधा हौ तिमी

अनेक दुःख पीडा आत्मसाथ भइ सुनिदिने दुःख बिसौनी हौ तिमी
विना ध्वनीका अन्र्तमनको कुरा बुझ्ने बुझकारी हौ तिमी

अन्र्त हृदयबाट उफ् नगरी उज्यालो छर्ने जुनेली हौ तिमी
संसारको हरतत्वको गुण भएकी विवेकशील नारी हौ तिमी

हृदयभरी तिता कष्ट बोकी प्रेम बांड्ने मधुधारा हौ तिमी
जीवनको हर ज्ञानको भण्डारै भण्डार भएकी पाठशाला हौ तिमी

सलाम छ आमा तिमीलाई आभारी भई तिम्रो पाउमा पर्छु म
विश्व ज्ञान ज्योति प्रज्जवल छ छातीमा तिमीलाई नमन गर्छु म

Facebook Comments