पोलिथिन निषेध गरौं

गौतमबुद्ध सन्देश

पोलिथिन मानव स्वास्थ्यका लागि मात्र होइन, वनस्पति, जिवजन्तुलगायत सिंगो वातावरणका लागि घातक मानिन्छ । यसले सर्वाङ्गिण क्षेत्रमा हानी पु¥याउँछ । यद्यपि यसको उत्पादन र प्रयोग निर्वाध भैरहेको छ । हाम्रो वरिपरि पाईने फोहोरजन्य पदार्थमध्ये सबैभन्दा बढी पोलिथिन नै देखिन्छ । पछिल्लो समयमा पोलिथिनको प्रयोग अझ ब्यापक भैरहेको छ । यतिसम्क की मानव स्वास्थ्यका लागि प्रत्यक्ष असर गर्ने कालो रंगको तोकिएको मापदण्डभन्दा कमसल प्लाष्टिक झोला समेत निर्वाध चलनचल्तीमा देखिन्छ । कतिपय स्थानीय निकायले पोलिथिन झोला प्रतिबन्ध पनि लगाएका छन् । नेपालमा सबैभन्दा पहिला प्लाष्टिक प्रतिबन्ध लगाउने नगरपालिका हेटौडा हो । हेटौंडामा २०५६ सालमै प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । माटोमा पुर्दा नगल्ने, जलाउँदा अत्यन्तै घातक कार्बन डाईअक्साईड फ्याँक्ने, खेतबारीमा उर्वर शक्ति नष्ट गर्ने र बोटबिरुवालाई हानी पु¥याउने जस्ता अवगुण मात्र रहेको पोलिथिनको प्रयोग घटाउन स्थानीय निकायहरुले पछिल्लो समयमा पहल गर्न थालेका छन् । कतिपय गैर सरकारी संस्थाहरुले समेत प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न प्रोत्साहन पनि गरिरहेकै छन् । रुपन्देहीमा पनि तिलोत्तमा नगरपालिकाले प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाएको छ । यद्यपि अटेर गरी ब्यापारीहरुले सामान बेच्दा प्रयोग भने गरिरहेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाएर नयाँ कदम चालेको छ ।

लुम्बिनी त्यहाँका जनताको मात्र होइन, रुपन्देही या नेपालको मात्र होइन, यो विश्वभरका शान्ति चाहाने र बौद्ध तथा हिन्दु धर्ममा आस्था राख्ने मानिसहरुको साझा थलो हो । यहाँको वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तब्य हो । पसलहरुमा समान बेच्दा प्रयोग हुने प्लाष्टिकका झोला मात्र होइन, गुट्खा, सुर्ति, खाद्यवस्तुका प्याकेट जथाभावी फालिंदा नगरको सौन्दर्यता गुमेको छ । यत्रतत्र फालिएका यी प्लाष्टिकजन्य वस्तुको उचित ब्यवस्थापन गरी अब आइन्दा यसको प्रयोग गर्न अत्यन्तै कडाई गरिनुपर्छ । नेपाल भारत खुल्ला सीमाका कारण नेपालमा प्रतिबन्ध भएपनि भारतबाट निर्बाध भित्रियो भने लक्ष्य पुरा हुन सक्दैन । प्रतिबन्ध लगाएपनि ब्यापारीले नटेर्ने, अझ बिशेष गरी हाटबजारहरुमा यसको ब्यापक प्रयोग हुने हुँदा त्यतातिर पनि निगरानी गर्न आवश्यक छ । पोलिथिनको प्रयोग रोक्न घरघरमा जनचेनता जगाउँदै यसलाई सबै पालिकाले निषेध गरे भने पक्कै पनि यसले सार्थकता पाउने छ । यसले वातावरण जोगाउन मात्र मद्दत गर्दैन, गाउँघर सफा राख्न, प्रकृति र जैविक विविधता जोगाउन तथा लुम्बिनी घुम्न आउने विदेशीलाई समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

-सम्पादकीय

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका