क्रिमसन कलेजद्वारा ‘क्रिमसन जर्नल’ को पहिलो संस्करण सार्वजनिक

बुटवल, ४ पुस ।
क्रिमसन कलेज अफ टेक्नोलोजीले आफ्नो शैक्षिक तथा अनुसन्धान यात्रामा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै क्रिमसन जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी को पहिलो संस्करण सफलतापूर्वक सार्वजनिक गरेको छ ।
कलेजको अनुसन्धान व्यवस्थापन कक्ष (आरएमसी) द्वारा आयोजित उक्त सार्वजनिक समारोह रुपन्देहीको योगीकुटीस्थित होटल पौवामा विशिष्ट शिक्षाविद्, अनुसन्धानकर्ता, लेखक तथा कलेज पदाधिकारीहरूको सहभागिता थियो ।
क्रिमसन कलेज अफ टेक्नोलोजीका प्राचार्य देवीप्रसाद भण्डारीको अध्यक्षता र क्रिमसन जर्नलका प्रधान सम्पादक डा. तिलक भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कलेजका सहायक प्राध्यापक नीरा न्यौपानेले स्वागत मन्तव्यका क्रममा उच्च शिक्षामा अनुसन्धान संस्कृतिको महत्वबारे प्रकाश पार्दै अनुसन्धान तथा प्रकाशनमार्फत शैक्षिक क्षितिज विस्तार गर्न प्राध्यापकहरूलाई अवसर प्रदान गरेकोमा कलेज प्रशासनप्रति आभार व्यक्त गर्नुभयो । साथै लामो समयदेखि शैक्षिक जर्नल प्रकाशनको सपना साकार पार्न अथक परिश्रम र प्रतिबद्धता देखाएको अनुसन्धान व्यवस्थापन कक्षप्रति विशेष सम्मान व्यक्त गर्नुभयो ।
कलेजका प्राचार्य देवीप्रसाद भण्डारी, प्रधान सम्पादक डा. तिलक भुसाल तथा आरएमसी प्रमुख रामबहादुर खड्काले संयुक्त रूपमा क्रिमसन जर्नलको सार्वजनिक गर्नुभयो । यस जर्नलले विज्ञान तथा प्रविधि क्षेत्रमा गुणस्तरीय अनुसन्धान प्रकाशनका लागि एक विश्वसनीय शैक्षिक मञ्च प्रदान गर्ने र संस्थाको अनुसन्धान प्रोफाइल सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
विमोचनपश्चात्, जर्नलमा लेख योगदान गर्ने लेखकहरूलाई उनीहरूको शैक्षिक योगदानको कदरस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो । उक्त प्रमाणपत्र प्राचार्य, प्रधान सम्पादक तथा आरएमसीप्रमुखद्वारा संयुक्त रूपमा प्रदान गरिएको थियो ।
क्रिमसन जर्नलका प्रधान सम्पादक डा. तिलक भुसालले शैक्षिक जर्नलहरूले नवप्रवर्तन, समालोचनात्मक चिन्तन तथा प्रमाणमा आधारित ज्ञान विकासमा खेल्ने भूमिकाबारे जोड दिनुभयो । उहाँले जर्नल क्रमशः एक प्रतिष्ठित अनुसन्धान जर्नलका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै भविष्यका संस्करणहरूमा सक्रिय रूपमा योगदान गर्न प्राध्यापक तथा अनुसन्धानकर्ताहरूलाई प्रोत्साहित गर्नुभयो ।
कलेजका प्राचार्य देवीप्रसाद भण्डारीले जर्नलको पहिलो संस्करण सार्वजनिक गर्न पाउँदा गर्व र हर्ष व्यक्त गर्नुभयो । उहाँले यस जर्नलको प्रकाशन क्रिमसन कलेजको अनुसन्धान उत्कृष्टताप्रतिको बढ्दो प्रतिबद्धताको प्रतीक भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यस शैक्षिक परम्परालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । साथै, आरएमसी टिम, लेख योगदानकर्ता, समीक्षकहरू तथा प्रधान सम्पादक डा. तिलक भुसालप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रम बलराम न्यौपानेले संचालन गर्नुभएको थियो ।
क्रिमसन जर्नल अफ साइन्स एन्ड टेक्नोलोजीको शुभारम्भ क्रिमसन कलेज अफ टेक्नोलोजीका लागि एक ऐतिहासिक उपलब्धिका रूपमा रहेको छ। यसले शैक्षिक विकास, अनुसन्धान नवप्रवर्तन तथा ज्ञान प्रसारप्रतिको संस्थाको प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ। ऋव्इक्त् ले कलेजका प्राध्यापक तथा विद्यार्थीहरू मात्र नभई समग्र शैक्षिक तथा अनुसन्धान समुदायलाई समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

 

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका