डिएसपीकी कान्छी श्रीमती नेपाल प्रहरीकै असई

भैरहवा, २४ मंसिर ।
बहुविवाहको कसुरमा पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) की कान्छी श्रीमती नेपाल प्रहरीको असई भएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नवलपरासी पूर्वमा कार्यरत डिएसपी मधु नेपालकी कान्छी श्रीमती नेपाल प्रहरीकै असई गिता पुरी रहेको खुलेको हो । डिएसपी नेपाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर कावासोतीमा कार्यरत रहेका थिए । उनकी कान्छी श्रीमती असई गीता पुरी नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल वुटवल विटमा कार्यरत रहेको जानकारी जिल्ला प्रहरी कार्याल रुपन्देहीले दिएको हो । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले गत मंगलबार पक्राउ गरेको हो ।
नेपालकी जेठी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई डिएसपी नेपाललाई हिजो जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको थियोे ।
प्रहरीले उजुरीको अनुसन्धान गरिरहेको र कान्छी श्रीमती गितालाई समेत पक्राउ गर्ने तयारी गरिरहेको बुझिएको छ ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका