मणिग्राम, १२ मंसीर ।
क्रिमसन अस्पताल मणिग्रामले ३४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका दिन यहि मंसीर १७ गते अपाङ्गता भएका नागरिकहरुको उपचार सेवामा सहुलियत दिने भएको छ ।
अपाङ्ग दिवसको अवसरमा अस्पतालमा आउने बिरामीहरुलाई टिकट निःशुल्क उपलब्ध गराउने र ल्याव परिक्षण तथा एक्सरे, इसिजी, इको गर्दा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको हो । अपाङ्गता भएका नागरिकहरु उपचार सेवाबाट बन्चित नहोऊन् भनेर सामाजिक दायित्व अन्तर्गत अस्पतालले छुट कार्यक्रम ल्याएको अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
अपाङ्गता परिचय पत्रसहित उपचार सेवाको लागि सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कुल जनसंख्याको १६ प्रतिशत अपांगता भएका व्यक्ति छन् । उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपांगता भएका व्यक्ति छन् ।
क्रिमसन अस्पतालमा न्युरो सेवासहित हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, जनरल फिजिसियन, नाक, कान, घाँटी रोग बिशेषज्ञ, मुटुरोग बिशेषज्ञ, छाती तथा फोक्सो रोग बिशेषज्ञ, छाला तथा यौनरोग बिशेषज्ञ, पेटरोग बिशेषज्ञ सेवा उपलब्ध छन् । त्यसैगरी रेडियोलोजिष्ट, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार बिशेषज्ञ, बालरोग बिशेषज्ञ, नशा तथा मनोरोग बिशेषज्ञ, मृगौला रोग बिशेषज्ञ, दन्तरोग बिशेषज्ञ, प्याथोलोजी फिजियोथेरापी सेवा पनि अस्पतालले दिदै आएको छ ।
अस्पतालमा भारतीय सेनाबाट अवकाश पाएका परिवार, सामाजिक सुरक्षा कोष र कर्मचारी संचयकोषका संचयकर्ता तथा गोर्खा वेलफेयरका सदस्यहरुलाई निःशुल्क उपचार हुने गरेको छ ।
त्यसैगरी नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क प्रसुति सेवा, डायलाइसिस सेवा र मुटु उपचार सेवा पनि उपलब्ध रहेको छ ।
अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष, क्रिटिकल केयर युनिट आइसियु, सिसियु, एनआइसियुलगायतका अत्याधुनिक प्रविधि पनि अस्पतालमा उपलब्ध छन् ।
अपाङ्ग दिवस २०२५ मंसीर १७ गते मनाइदै क्रिमसन अस्पतालले उपचार सेवामा सहुलियत दिने

गौतमबुद्ध सन्देश








