के–के छन् भैरहवाको मेलामा ?  हेरौ तस्विरमा ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा मंसिर ३ गतेदेखि सुरु भएको मेला मंसिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
नारायण कोइराला

भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सञ्चालन भईरहेको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा मंसिर ३ देखि २१ गतेसम्म सञ्चालन भईरहेको मेलामा के–के छन् ? हेरौ तस्विरमाः

महोत्सवको मुख्य प्रवेशद्धारः

मुख्य प्रवेशद्धार अगाडी माछाको स्टाचु बनाइएको छ । यो मेलाको मूल प्रवेश द्वारको ठिक अगाडी पट्टी देखिन्छ । यसको अगाडी बसेर दर्शकहरुले तस्विर खिच्न सक्छन् ।

मुख्यद्वार पनि प्यागोडा शैलिमा आकर्षकरुपमा सजाईएको छ ।

टिकट घरः

मुख्य प्रवेशद्वार संगै टिकट घर राखिएको छ । मेला प्रवेशका लागि दर्शकहरुले साधारण टिकट रु. १५०, विद्यार्थीको लागी रु. ८० र समुहगत रुपमा आउनेहरुको लागी रु. ५० प्रतिब्यक्ति मुल्य रहेको छ । बृद्ध–बृद्धा लागी भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

फिस टनेलः

यसबर्ष आयोजकले नौलो प्रस्तुतीको लागी फिस टनेलको योजना ल्याएको छ । टिकट खरिद पछि दर्शकहरुले फिस टनेल अवलोकन गर्दै अगाडी बढ्नेछन् ।

यहाँ माछाको आकर्षण र जलपरीको प्रस्तुती देख्न सकिन्छ । यो निःशुल्क उपलब्ध रहेको छ । मेला अवधिभर यो प्रमुख आर्कषणको रुपमा रहेको देखिन्छ ।

स्टलहरुः

मेलामा करीब तीन सय स्टल रहेको छ । हरेक वर्ष जस्तैः बालउद्धान, विभिन्न घरेलु तथा साना उद्योगहरु, होटल तथा रेष्टुरेन्ट आदिका स्टलहरु रहेका छन् ।

फ्रान्स (पेरीस) को आईफिल टावरको झल्को दिने गरी मेला परिसरमा यसको आकृति देख्न सकिन्छ । जहाँ दर्शकहरुले फोटो खिच्न सक्नेछन् ।

मेला सचिवालयः

मायादेवी मन्दिरको झल्को दिने गरी आकर्षक तरिकाले मेला सचिवालय बनाइएको छ ।

 स्टेजः

सचिवालयको छेउमा आकर्षक तरिकाले स्टेज बनाइएको छ । यहाँ राखिएको लाइट, साउण्ड तथा डिजीटल डिस्प्लेले थप रौनकता थपिएको छ । यहाँबाट विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिने गर्छन् ।

गेम जोनः

गेम जोनका लागी होटलहरुको स्टल पछाडी छुट्टै स्थान तोकिएको छ । जहाँ विभिन्न किसिमका पिङ, बाल उद्यानहरु रहेका छन् । जहाँ बालबच्चादेखी ठूला मानिसहरुले रुची अनुसारको खेल तथा पिङहरु खेल्न सक्नेछन् ।

यो वर्षको विशेष रुपमा मेलाको प्रवेश द्वार देखि मेलाको पुरै भाग धुलो नउड्ने गरि कार्पेट विच्छाईएको देखियो जसले मेला धुलो मुक्त क्षेत्र जस्तो देखियो यो अति नै सुन्दरपक्षको रुपमा रहेको छ ।

तस्विरः नारायण कोइराला/गौतमबुद्ध सन्देश

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका