मणिग्राम, रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामको वडा कार्यालयमा भएको एक भेलाले वडालाई क्षयरोगमुक्त बनाउन बिशेष अभियान संचालन गर्ने उद्देश्यले वडास्तरीय समिति गठन गरेको छ ।
वडाध्यक्ष रमेश डुम्रेको अध्यक्षतामा गठित समितिमा वडा सदस्यहरु धर्मादेवी न्यौपाने, प्रमिला सुनार, हरि पन्थ, हिरा गिरी, वडा सचिव हरि खतिवडा तथा सदस्य सचिवमा स्वास्ग्य शाखा प्रमुख गणेश भण्डारी रहनु भएको छ । त्यसैगरी समितिका सदस्यहरुमा महिला स्वयंसेविकाहरु भगवती पाण्डे, सिर्जना पन्थी, राधा गौडेल, बिमला कोइराला, कल्पना बस्याल, राधा राना, राधा खनाल, जमुना अर्याल, रमा चौधरी, क्रिमसन अस्पतालका प्रतिनिधि कुलमणि ज्ञवाली, समाजसेवीहरु मोहनी भण्डारी, बिमला अर्याल, आमा समुहबाट जुना ज्ञवाली, टोल विकास समितिबाट डिल्लीराज र हरि पाण्डे पाण्डे, सामाजिक संघसंस्थाहरुबाट धु्रवतारा युवा क्लबका शुशिल न्यौपाने, प्रभात युवा क्लवबाट मिना भट्टराई, वडाभित्रका प्रधानाध्यापकमध्येबाट कुलप्रसाद लामिछाने रहनु भएको छ ।
समितिले वडामा क्षयरोगीको उपचार तथा नयाँ संक्रमण नियन्त्रणमा आवश्यक कार्ययोजना बनाई लागु गर्ने बताइएको छ । स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारीले वडाभित्र सात–आठ जना क्षयरोगी उपचारमा रहेको जानकारी दिदै नियमित औषधी सेवन गरे रोग निको हुने भएकाले त्यससम्बन्धी जनचेतनाको खाँचो रहेको औल्याउनु भएको छ ।
वडाध्यक्ष रमेश डुम्रेले वडालाई क्षयरोगमुक्त बनाउन संघसंस्था, सामाजिक अगुवा र नागरिक समाजको ठूलो भूमिका रहने बताउनु हुन्छ ।
क्षयरोगमुक्त वडा बनाउन समिति गठन

गौतमबुद्ध सन्देश








