छत्र बचत तथा ऋण सहकारीको साधारण सभा

छत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँमिल ५ तिलोत्तमाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
११ करोड ५६ लाख ७० हजार रुपैयाँ बचत र ८ करोड ४९ लाख १६ हजार रुपैयाँ कर्जा रहेको उक्त सहकारीको साधारण सभाले अध्यक्ष राजेन्द्रप्रसाद पन्थीले पेश गरेको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णप्रसाद पन्थीले पेश गरेको आर्थिक प्रतिवेदनसहित गत आ.ब. २०८१।२०८२ को लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । सहकारीका २६४ महिलासहित ५४४ सदस्य रहेका छन् ।
साधारण सभामा बिशिष्ठ व्यक्तित्व नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा सहकारीबिद् कृष्णप्रसाद नेपालले सदस्य केन्द्रीत भएर सहकारीले आफ्ना कार्यक्रमहरु लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धेरै सहकारी संस्थाहरुले सदस्यहरुको बचत हिनामिना गरेर बिचल्लीमा पारेको हुँदा शेयर सदस्यहरु स्वयं सजक रहनुपर्ने बताउनु भयो ।
संस्थाका सल्लाहकार कुलमणि ज्ञवालीले सुशासन र इमान्दारिताको कारण छत्र बचतको वित्तीय स्वास्थ्य राम्रो रहेको उल्लेख गर्दै शेयरधनीहरु पनि सजग रहनुपर्ने औल्याउनुभयो । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद पन्थीको अध्यक्षता, सचिव चण्डीप्रसाद पाण्डेयको संचालन र उपाध्यक्ष बासुदेव पोखरेलको स्वागत मन्तब्यमा भएको साधारण सभामा संस्थाका पूर्व अध्यक्ष माधवप्रसाद पन्थी, समाजसेवी गिरीराज पाठक, सरोज ज्ञवाली, संस्थाका उपाध्यक्ष थानेश्वर पोखरेललगायतले पनि बोल्नुभएको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका